कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुला"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाका कृषकलाई कृषि औजार तथा ढुवानी साधनहरु हस्तान्तरण

२०७४, १७ जेष्ठ बुधबार १०:१०


कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुलाई मंगलबार कृषि औजार, उपकरण तथा ढ्वानी साधनहरु हस्तान्तरण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी डा. डिनन भट्राइले एक भब्य समारोहका वीच कृषकहरुलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । यसैवीच डा. भट्राइले सरकारले कृषि क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्न कृषकहरुलाई अनुरोध गर्नुभएको छ । उहाँका अनुसार कृषहरुलाई ग्रामीण कृषिको प्रबद्र्धन गर्न र ब्यवसायिक कृषि संचालन गर्न यो कार्यक्रमले थप सहयोग गर्ने आशा राख्दै अबका दिनमा कृषकहरु यस क्षेत्रबाट गुजारा चलाउन मात्र होइन आत्म निर्भर बन्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय रोल्पाका योजना अधिकृत लोकराज सुवेदीले जिल्लामा कार्यालय मार्फत पहिलो वर्ष मकै  र अलैचिको ब्लक कार्यक्रम संचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मकै ब्लक अन्तर्गत जिल्लाका साविकका ८ गाविसका ३० वटा समूहहरुलाई मिनी टिलर सानो ५.८ एच पी, मिनी टिलर ९ एच पी, थ्रेसर र मकै रोप्ने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिनुभयो । 


यस्तै कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले ब्यवसायिक खेतीमा सफलता हासिल गर्नका लागि आधुनिक कृषि प्रणालीमा जानुपर्ने भएको हुँदा कृषकहरुका लागि यो महत्व पूर्ण अवसर भएको बताउनु भयो । 

बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले कृषकहरुलाई प्राप्त साधन र श्रोतको सही सदुपयोग गर्न सके अवश्य पनि सफलता हातपार्न सकिने सुझाव दिुनभएको छ । 

मकै ब्लक कार्यक्रम अन्तर्गत मेसिनरी सामाग्री खरिदमा मात्र करिव ३० लाख खर्च हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिनुभयो । 

आधुनिक कृषि किसान संसार भरतपुर ९ बाट कृषि उपकरण उपलब्ध गराइएको कम्पनी संचालक राजाराम तिवारीले जानकारी दिनुभयो । विगतका दिनमा परम्परागत कृषि प्रणालीबाट खेती गर्दै आएका कृषकहरु नयाँ प्रविधिबाट अगाडि बढ्न पाएकोमा निकै हर्षित भएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल