९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ : कृषि मन्त्री अधिकारी

२१ आश्विन २०८१, सोमबार १६:०३

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न भएपनि खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमबार ४४ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका बताए ।

उनले भने, ‘नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भएता पनि हामी खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्थामा छौ । खाद्य सुरक्षा आज विश्व मानव समुदायको जीवन र मरणको मुख्य विषय हो । नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका हुन्छन् । जलवायु परिवर्तनका प्रभावहरु, आर्थिक मन्दि, असमानता लगायतका कारण्ले गर्दा गरिब र कमजोर जनतालाई गम्भिर रुपमा असर परेको छ ।’

उनले दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको पनि बताए ।

उनले भने, ‘२०३५ सम्ममा नेपाललाई खाद्यमा आत्म निर्भर बनाउने लक्ष्य सहित कृषि विकास नीति २०७२ जारी गरिएको छ । दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको छ ।’

यसको साथै, उनले नेपालमा खाद्य सुरक्षाको अवस्था राम्रो बनाउन संलग्न सबै कर्मशिल किसान एंव श्रमिकहरु, कृषि उद्यामी तथा व्यवसायीहरु, अन्राष्ट्रिय संघ संस्था एवं विकास साझेदारहरु, क्षेत्रिय संगठन र स्वदेशी संस्था तथा नागरिक समाज सबैमा नेपाल सरकारले गरेको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदैँ सहयात्राको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो