दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ ।

जिल्लाका तिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ ।

जिल्लाका तिन "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि कार्यालयद्धारा सुन्तला र कागतीका विरुवा वितरण

१२ असार २०७४, सोमबार ०३:११


दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ ।

जिल्लाका तिन गाउँ पालिका र एक नगरपालिकाका कृर्षकहरुलाई २ सय सुन्तलाका बिरुवा,१५ सय कागतिका  १ सय गरी जम्मा १८ सय बिरुवा बितरण गरेका छौ ।गर्त बर्षमा १२ सय बिरुवा बितरण गरेका थियौ यो जिल्लामा उच्च भेगमा स्पाउ र लल्लो भेगमा सुन्तलाको खेतीहुने भएकोले गर्त बर्ष र यो बष्र्न नमुनाको लागी विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । 

खरिद मुल्य प्रति विरुवा विस रुपैयाँ बाहेक शत प्रतिशत ढुवानी अनुदानमा कृषकहरुलाई वितरण गरिएको हो । 

जिल्लाको पश्चिम खत्याड गाउँ पालिकाका विभिन्न क्षेत्रमा कागतीका विरुवा पाईने भए पनि सरकारले तोकेको मुल्य भन्दा झण्डै तिस रुपैया बढि पर्ने भएकाले विरुवा दैलेखबाट खरिद गरेर ल्याउनु परेको जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लले जानकारी दिए । दैलेखबाट सुन्तलाका चार सय, कागती एक हजार पाँच सय र जुनारका दुई सय गरि २१ सय विरुवा वितरण गरिएको छ ।

 खत्याड गाउँ पालिकाको श्रीकोट सेवा केनद्रका लागि कागती पाँच सय, कागतिका केही सुन्तला  र जुनार पचास गरि पाँच सय पचास विरुवा ढुवानी अनुदानमा पठाईएको छ । सोरु गाउा पालिका र मुगुम कार्मारोङ गाउँ पालिकाको सुन्तला कागती हुने क्षेत्र बाट विरुवाको माग भई अहिलेसम्म नआएको तथा व्यक्तिगत रुपमा कार्यालय पुगेका सेवाग्राहीलाई विरुवा दिने गरेको प्राविधिक सहायक मल्लले जानकारी दिए । मल्लका अनुसार चालु आर्थिक वर्ष २०७३। ०७४ का लागि जिल्ला भर ६ हेक्टर जमिनका लागि अठार सय विरुवा वितरण गर्नु पर्ने भए पनि स्थानीय कृषकको मागलाई ध्यानमा राखेर २१ सय विरुवा ल्याईएको हो ।

कार्यालयले वितरण गरेका विरुवाको कुल खरिद दर ४२ हजार छ भने ढुवानी अनुदानमा ७३ हजार पाँच सय गरि १ लाख १५ हजार पाँचसय रकम लागत रहेको कार्यालयको भनाई छ ।

खत्याड भेगमा कागतिर सुन्तला लगाएत अन्य जडीबुटी नसरी गदौ आएका खत्याड गाँउ पालिकाका कृषक अज बहादुर शाहीले यो बर्ष मात्र ६ सय कागतिका बिरुका बितरण गरेको र आफ्नो नसरीमा ८,९ सय सुन्तला कागतिका बिरुवा लगाएको छु हाम्रो जिल्लामा फरक फरक हावापनि भएको जिल्ला छ तर राज्यले मुगुलाई कहिलेनै सकारात्मक सोचले हेरेको छौन ।

कृषिमा जति निति नियम ल्याएपनि मुगुका कुषकहरुलाई आघुनिकरण खेतितिर लिनको लागी ब्याबसाउ रुपमा अघि बढाउनको लागी ध्यान दिनु प्रने  देखीन्छ तर सकारात्मक सोचले कहिलेही नहेरेको गुनासो गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य