७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लामो खडेरीपछिको वर्षात्ले डोल्पाली कृषक उत्साहित

१३ असार २०७४, मंगलवार ०९:०६

असार १३, डोल्पा । झन्डै चार महिनापछि भएको वर्षात्ले गर्दा डोल्पाली कृषक उत्साहित भएका छन् । 

वर्षात्पछि जिल्लाका सुं, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा, लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धोलगायत गाउँका बासिन्दा उत्साहित भएका हुन् । 

“बर्खे बालीका रुपमा लगाइएको मकै, कोदो, फापर, सिमीलगायतका अन्नबाली खेतबारीमा उम्रेपनि पानी नपर्दा सुक्न थालेका थिए । ढिलै भए पनि दुई दिन लगातार वर्षात् भयो, सुक्खापनले गर्दा नउम्रेका अन्नबाली उम्रिनुका साथै उम्रेका अन्नबाली पनि हुर्कन सहयोग पुग्ने त्रिपुरा सुन्दरी नगरपालिका–१ का कृषक भीमप्रसाद देवकोटाले बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सम्पती बुढाका अनुसार यतिखेरको वर्षात्ले खेतबारीमा लगाइएको अन्नबाली उम्रर्नुका साथै उम्रिएका बीउलाई हुर्कन मद्दत पुग्नेछ । 

यसपटकको वर्षात्ले अन्नबाली उत्पादनमा थोरै भए पनि सहयोग पुग्ने र असोजमा भित्र्याउने गरी लगाइएको बर्खे बाली पाकुन्जेलसम्म पटक पटक वर्षात् भयो भने अन्नबाली उत्पादनमा वृद्धि हुने प्राविधिक सहायक बुढाको भनाइ छ । 

यतिखेरको वर्षात्ले गाउँघरमा फैलिएको धुलो धुवाँ नष्ट गराउनुका साथै वस्तुभाउका लागि डाँडापाखामा घाँसपातसमेत उम्रने सम्बद्ध कृषकले बताए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी