११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा कृषि उपजको औसत मूल्य घटदै

१३ भाद्र २०७४, मंगलवार १०:४७

भदौ १३,बनेपा। काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको छ । 

जिल्लाको पाँचखाल, बल्थली, कुशादेवी, भकुण्डबेसी र महादेवस्थानबाट नियमित संकलन हुने विभिन्न अन्नबाली तथा नगदेबालीको मूल्य कृषकले कम पाएको तथ्यांक कार्यालय, धुलिखेलका तथ्यांक अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ मा उत्पादन गरेको स्थलबाट कृषि उपजको औसत मूल्य घटदै गएकोले कृषकले घाटा ब्यहोर्नुपरेको लम्सालले बताउनुभयो । गहुँको मूल्य रु ३१ बाट घटेर रु २३, वर्षे मकै रु २६ बाट रु २३, धान मोटो रु २९ बाट बढेर रु ३१, मसिनो धान रु ३७ बाट बढेर रु ५७, कोदो रु २१ बाट बढेर रु ३८, रातो आलु रु २९ बाट घटेर रु २७, सेतो आलु रु २५ बाट रु २२ मा झरेको छ । 

त्यस्तै तोरीको मूल्य वृद्धि भएको छ । तोरी रु ७५ बाट रु ९४ पुगेको छ । तर फलफूलको मूल्य घटेको छ । आँप, अम्बा, लिची, कागती, सुन्तला, नास्पति, जुनारको मूल्य घटेको देखिएको छ । 

यहाँबाट उत्पादन हुने विभिन्न तरकारी, काउली, रायो, भेडेखुर्सानी, काँक्रो, फर्सी, लौका, स्कुस, मोटरकोसा, बोडी, बन्दागोभीको मूल्य केही तलमाथि हुने गरेको छ । 

रागाँ, खसी, बोका र सुंगुरको मासुको मूल्य वृद्धि भएको छ । कुखुरा र हाँसको मासुको मूल्यमा केही वृद्धि भएको छ । गाईको दूधको मूल्य रु ४१ बाट रु ९४ पुगेको छ । भँैसीको दूधको मूल्य रु ५६ बाट रु ६९ पुगको छ । स्थानीय कुखुराको अण्डा मूल्य रु २१ सम्म पुगेको छ, भने उन्नत जाताका कुखुराको अण्डा रु ९ बाट रु १५ पुगेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह