2026-09-14 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘विषादीको सहि ज्ञान कृषकको सुरक्षा अभियान’

काठमाडौं ।  कृषिमा विषादीको अन्धाधुन्द रुपमा प्रयोग हुन थालेपछि मानव स्वास्थ्य जोखिममा पर्न थालेको छ । खेतबारीमा विषादी छर्कने किसानै क्यान्सर, मृगौला तथा फोक्सो सम्बन्धी रोगको शिकार हुन थालेका छन् ।
किसानलाई विषादीको सुरक्षित प्रयोगसँगै वैकल्पिक उपाय प्रवद्र्धन गर्ने उद्देश्यले बेदकोट नगरपालिका–५ सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले विषादी सम्बन्धी सचेतना कार्यक्रममा जोड दिन थालेको छ । व्यावसायिक खेतीमा संलग्न किसानलाई विषादीको सुरक्षित रुपमा प्रयोग गर्ने तरिका, विषादी छर्किदा अपनाउनुपर्ने सावधानी तथा जैविक विषादीमा जोड दिनका लागि सचेत पार्ने कार्य भइरहेको प्रयोगशालाका निमित्त कार्यालय प्रमुख भक्तबहादुर पालले बताउनुभयो ।
“विशेष गरी व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रका किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौं”, उहाँले भन्नुभयो, “जिल्लामै व्यावसायिक रुपमा बढी तरकारी उत्पादन हुने शुक्लाफाँटा नगरपालिका–३ का किसान र एग्रोभेट सञ्चालकका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरी विषादीको उचित व्यवस्थापन र एग्रोभेट व्यवसायीले पालना गर्नुपर्ने मापदण्ड सम्बन्धमा विस्तृत रुपमा जानकारी दिएका छौं ।”
उहाँका अनुसार यस कार्यक्रमलाई अन्य पालिकाका पुर्याइ विषादीको प्रयोगलाई न्यूनिकरण गरी विकल्पका रुपमा जैविक विषादीको प्रयोग गर्ने तरिकाबारे जानकारी दिने कार्य हुन्छ । प्रयोशालाका बाली संरक्षण अधिकृत सन्तोष भट्टले रसायनिक विषादीको अन्धाधुन्ध प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वरता, तथा वातावरणमा नकारात्मक असर पु¥याइरहेको हुँदा यसप्रति सजग हुन जरुरी रहेको बताउनुभयो ।
विषादीको विकल्पका रुपमा नीमको तेल, ट्राइकोडर्मा, बायोपेस्ट, बायोफर्टिलाइजरको प्रयोगसँगै जैविक विषादी तथा फेरेमोन ट्रयापको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । कीराको जीवनचक्रअनुसार नियन्त्रण विधि अपनाउनुपर्ने उल्लेख गर्दै उहाँले विषादी छर्दा मास्क, पञ्जा, चस्मा, सुरक्षात्मक पोशाक अनिवार्य प्रयोग गर्न र विषादी राख्ने स्थान बच्चा तथा जनावरको पहुँचभन्दा टाढा राख्नुपर्ने सुझाव दिनुभयो ।
“विषादी छर्ने बेला हावाको दिशा नहेरी छरियो भने विष आफैँमा फर्कन्छ”, उहाँले भन्नुभयो, “समय, मात्रा र मौसमको अवस्था विचार गरेर मात्रै विषादी छर्किनुपर्छ ।” एग्रोभेट सञ्चालकले म्याद गुज्रेका विषादी बिक्री नगर्ने, ग्राहकलाई सहि सुचना दिने, प्रतिवन्धित विषादीको बिक्री वितरण रोक्ने, सूचना बोर्ड राख्ने विषादी वर्गीकरणअनुसार छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।
प्रयोगशालाका बाली संरक्षण प्राविधिक सत्यराज जोशीले कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि प्रयोग गरिने विषादीको दुरुपयोग र लापरवाहीका कारण मानव स्वास्थ्य, वातावरण र खाद्य सुरक्षा प्रतिकूल प्रभावित भइरहेकाले, विषादीको सुरक्षित, वैज्ञानिक र जिम्मेवार प्रयोगको आवश्यकता औंल्याउनुभयो ।
विषादी छर्कने किसानले सावधानी नअपनाएमा छालामार्फत, श्वासमार्ग वा आँखा हुँदै विषादी शरीरमा प्रवेश गर्नसक्ने भएकाले सुरक्षाका उपाय अपनाएर मात्रै विषादी छर्किनुपर्ने उहाँ बताउनुहुन्छ । विषादीले कलेजो, मुटु, मिर्गौला, फोक्सोमा क्षति पुर्याउने कार्य, स्नायु प्रणालीमा समस्या, विषेश गरी कलेजो, रगत र रक्त क्यान्सरको समस्यासँगै प्रजनन समस्या (बाँझोपन)को समस्या देखापर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार बालबालिकामा शारीरिक र मानसिक समस्या पनि विषादीले निम्त्याउने गर्दछ । किसानले मानव स्वास्थ्यलाई कम असर गर्ने विषादीको प्रयोगमा जोड दिनुपर्ने कुरा औंल्याउदै उहाँले किसानलाई विषादीको प्रयोगबारे समुचित ज्ञान नहुँदा आज विषादी छर्केको तरकारी टिप्न तोकिएको म्यादअघि नै टिपेर बजारमा लगेर बिक्री गर्दा गम्भीर समस्या निम्तिने गरेको बताउनुभयो ।
“कृषिमा प्रयोग हुने विषादीले किसानको ज्यान जोखिममा पार्दछ भने ग्राहकको स्वास्थ्यलाई दीर्धकालीन रुपमा असर गर्छ”, उहाँले भन्नुभयो, “त्यसैले सुरक्षित उत्पादन र उपभोगका लागि सचेत व्यवहार, जैविक प्रविधिको प्रयोग र सही जानकारी अत्यावश्यक छ ।” रसायनिक विषादीको असरबारे पहिलो पटक यति गहिरो जानकारी पाएको सचेतना कार्यक्रममा सहभागी सावित्री चौधरीले बताउनुभयो ।
“विषादी छर्किए रोग किरा नियन्त्रण गरि उत्पादन बढाउन सकिन्छ भन्ने मात्रै जानकारी थियो”, उहाँले भन्नुभयो, “विषादीले तरकारी उत्पादन गर्नेकै स्वास्थ्य जोखिमा रहेको कुरा जानकारी पाए, विषादीको बट्टामा राखिएको रङका बारेमा जानकारी पाउने कार्य संगै विषादी छर्केको कति समय भित्र तरकारी टिप्न उपयुक्त हुने कुरा सिके ।” अब रसायनिक विषादी नभएर घरमै शून्य लागतमै बनाउन सकिने जैविक विषादी तयार गरी तरकारीमा छर्किने उहाँ बताउनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले