३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

१६ असार २०८२, सोमबार १२:३१
काठमाडौँ । कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उहाँले बताउनुभयो ।
धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन् । त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ । सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ ।
वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन् । नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन् ।
भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकालगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ । अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन् । सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन् ।
शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहँुदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताउनुभयो । “समयमै रासायनिक मल पायौँ,” उहाँले भन्नुभयो, “अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ ।”
लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उहाँको भनाइ छ । धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन् । किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धान बढी रोप्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ