२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

२३ भाद्र २०७४, शुक्रबार ०८:५२

भदौ २३, इलाम। जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ । 

पशुसेवा कार्यालयका अनुसार इलाममा बंगुर मासु पसल २८ वटा दर्ता भएका छन् । पशु कार्यालयकै तथ्यांकअनुसार वार्षिक दुई हजार २०० मेट्रिक टनको हाराहारीमा बंगुरको मासु उत्पादन हुने गरेको छ । गत वर्ष दुई हजार १८४ र अघिल्लो वर्ष दुई हजार १९९ मेट्रिक टन मासु उत्पादन भएको थियो । 

उत्पादित मासु जिल्लाकै बंगुर फार्म र घरायसी बंगुरपालनबाट उत्पादित बंगुरको रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८० वटा बंगुर फार्म दर्ता भई सञ्चालनमा छन् । ती फार्ममा कम्तीमा १० देखि बढीमा १०० वटासम्म बंगुरपालन गरिएको छ । फार्मबाट वार्षिक ९३ हजारभन्दा बढी बंगुर उत्पादन हुँदै आएको छ । गत वर्ष जिल्लामाा ९३ हजार १९० वटा र अघिल्लो वर्ष ९३ हजार ४०० वटा बंगुर उत्पादन भएका थिए । गत वर्ष स्थानीय जातका ५६ हजार ८६० वटा र उन्नत जातका ३६ हजार ३३० वटा बंगुर उत्पादन भएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…