2026-10-05 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अट्ठाइस जातका केराको परीक्षण गरिँदै

2025-07-15
 पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो ।
केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गर्नुभएको हो । व्यावसायिक रुपमा जी–९ केरा लगाए पनि उहाँले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गर्नुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ ।”
यहाँका स्थानीय जातका केरामा पानामा रोगसँग लड्ने  क्षमता, सिवाटोवा, वन्चिटप जस्ता रोगसँग लड्ने क्षमताको अध्ययन गरिएको छ । विगत ३ वर्षदेखि केराको जातीय परीक्षण गर्दै आउनुभएका भन्तना हाल नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको बताउनुहुन्छ । उहाँले केन्द्रमा आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ  (वाइन) लगायत उत्पादनको तयारीमा हुनुहुन्छ । वाइन र लिटोका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सहयोग गरेको छ । रैथाने बालीबाट केकस्ता वस्तु उत्पादन गरेर विश्व बजारमा पु¥याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको उहाँले बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट जैविक प्रविधि विषयमा स्नातकोत्तर गर्नुभएका भन्तना केराखेती गरेर विभिन्न किसिमका उत्पादन गर्न सकिने बताउनुहुन्छ । राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो