१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीका पशुपालक किसानलाई रु ३८ लाख अनुदान

४ श्रावण २०८२, शनिबार ११:१२

काठमाडौँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/८२ मा पशुपन्छी र माछापालक कृषकलाई रु ३८ लाख अनुदान वितरण गरेको छ । त्रिचालीस वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत रु ३८ लाख ७० हजार ७५ अनुदान पाएका हुन् ।

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन सङ्कलन, स्थलगत मूल्याङ्कन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उहाँले बताउनुभयो ।

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई रु चार लाख २२ हजार ७९०, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसीपालक किसानलाई दूध उत्पादनमा आधारित रु नौ लाख ९९ हजार ९८० वितरण गरिएको छ ।

छ वटा फर्मलाई कृषि ब्याजमा रु ९९ हजार ९६०, कृतिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फर्र्म तथा किसानलाई रु दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमूना कृषक समूहले रु एक लाख ५० हजार अनुदान पाएका छन् ।

तीन/तीन वटा फर्र्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि रु ८५ हजार २१५ र रु एक लाख ५८ हजार १३० तथा अन्नपूर्ण गाउँपालिका–५ को चौरी स्रोत संरक्षण तथा प्रवद्र्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि रु तीन लाख ८४ हजार उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो । दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएका उहाँले बताउनुभयो ।

दश हजार १०८ गाई/गोरु, १६ हजार २८६ भैँसी/रागो र २८७ बङ्गुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ । पाँच हजार ३३७ पशुलाई लम्पी स्किन र तीन हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पिपिआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द