२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड 

२०८२, ८ कार्तिक शुक्रबार ०९:४१

भोजपुर | रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ महिला समूहले गड्याँैला मल उत्पादन थालेका छन् । महिलालाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । महिलालाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको हो ।

“महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राईले भन्नभयो, “यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ महिला समूह गड्यौँला मल उत्पादनमा लाग्नुभएको छ । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।”

यो कार्यक्रममा आबद्ध महिला समूहले उत्पादन गरेको गड्याँैला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उहाँले जानकारी दिनुभयो ।

“रासायनिक मलको प्रयोग कम गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अग्र्यानिक उत्पादनमा जोड दिनु हो ।”

किसानले उत्पादन गरेको गड्यौँला मल प्रतिकिलो रु २२ मा गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाइएको छ । यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई मागका आधारमा अनुदानमा वितरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ