२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्धुलीमा खोरेत रोगको संक्रमण, १३ चौपाया मरे

२५ चैत्र २०७४, आईतवार ११:११

चैत २४ सिन्धुली | सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ । अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन् । 

गाउँपालिका–६ बाशेश्वर र ७ नं वडा खुर्कोटमा खोरेतको संक्रमण देखापरेको गोलञ्जोर पशु सेवा शाखाका पशु प्राविधिक सहायक मीनबहादुर थापाले जानकारी दिनुभयो । हालसम्म साना चौपाया मरेको उहाँको भनाइ थियो । 

चौपाया खोरेतका कारण बिरामी पर्न थालेपछि अहिले खोरेत विरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन गरिएको पनि थापाले जानकारी दिनुभयो । पशु बिरामी पर्न र मर्न थालेकाले खोरेत विरुद्धको खोप किसानलाई निःशुल्क दिने नियम भए पनि सरकारी प्रक्रिया ढिलो र झन्झटिलो भएकाले गाउँपालिकाले खोरेत विरुद्धको खोप पशुपालक सशुल्क किसानलाई उपलब्ध गराएको प्राविधिक सहायक थापाले बताउनुभयो । 

गाउँमा पशु बिरामी भई मर्न थालेकाले ल्याब परीक्षणपछि मात्र सरकारले निःशुल्क खोप उपलब्ध गराउने भएको र तत्कालै पशुमा खोप दिनुपर्ने भएकाले गाउँपालिकाले खोरेत विरुद्धको खोप किनेको गाउँपालिकाको कार्यालयले जनाएको छ । सिन्धुली र जनकपुरमा खोरेत विरुद्धको खोप नपाइएकाले काठमाडौँबाट ल्याइएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताउनुभयो । अहिले ६ र ७ वडामा खोरेतको संक्रमण देखा परेकाले अन्य वडामा रहेका चौपायालाई पनि खोरेत विरुद्धको खोप लगाउने समेत उहाँले बताउनुभयो । अन्य वडामा चाहिने आवश्यक खोप गाउँपालिकाले पशुपालक किसानलाई सहजताका साथ उपलब्ध गराउने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । 

अहिलेसम्म ६ र ७ नं वडामा १६ सयभन्दा बढी चौपायालाई खोरेत विरुद्धको खोप लगाई सकिएको गोलन्जोर गाउँपालिकाका पशु सेवा शाखाका मीनबहादुर थापाले बताउनुभयो । चार जना प्राविधिकको सहयोगमा खोरेतको संक्रमण फैलन नदिन खोप लगाइरहेको र साना चैपायामा बढी संक्रमण रहेकाले उनीहरुको उपचार भइरहेको र अन्य पशुमा खोरेतको संक्रमण हुन नदिन प्राविधिक खटाई खोप लगाइएको उहाँले बताउनुभयो । 

चौपायामा मुख तथा गिजामा घाउ हुने, ज्वरो आउने, ¥याल निकाल्ने, काम्ने, मुख तथा खुट्टामा घाउ हुने जस्ता लक्षण देखिएमा खोरेत भएको थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा चौपायाको तत्कालै उपचार नभए घाउ फैलन गई घाउमा कीरा पर्ने, पशु मर्ने र हावाका माध्यमबाट नजिकका पशुमा तत्कादै संक्रमण हुने संभाबना रहन्छ । 

यसैगरी धनुषामा पशुमा चरचरे र खोरेत रोगको प्रकोपले चार दर्जन पशुको मृत्यु भएको समाचार छ । पशुमा यो रोगको प्रकोप नगराइन नगरपालिका र धनौजी नगरपालिका बढी देखिएको छ । नगराइन नगरपालिका–८ अकौरा टोलमा पशुमा यस रोगका कारण अहिलेसम्म ४० भन्दा बढी पशु मरिसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण