२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुकिदहका स्याउ गाउँपालिकाले नहेर्दा, बिचौलियाको दाउ !

२०७५, ३२ असार सोमबार ०६:२७

असार ३२,रोल्पा । स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । रोल्पाकै सुकिदहमा राम्रै प्रजातीका स्याउहरु फल्छन् । स्याउ त फल्छ तर प्रचारप्रसार र स्थानीय तहको वेवास्ताका कारण पनि यस क्षेत्र ओझेलमा परेको छ ।


रोल्पाको सुकिदह गाउँपालिका जिनावाङमा किसानको बारीभरी लटरम्म स्याउ फलेका छन् । 

बारीमा स्याउ भएपनि किसानको दुखको मुल्य दिने कसरत कसैले गरेको देखिदैन । हुनत बर्षभरी गरेको श्रम कस्ले पो बुझ्थ्यो र  सबै आफ्नै दुनो सोझाउन लागिपरेपछि । यतिबेला नाउली, बडाढुङगा लगाएत गाउँका बारी बारीमा स्याउ फलेपनि कसैको ध्यान त्यता पुगेको छैन । अझ् भनौ गाउँपालिकाले त झन् स्याउ उत्पादनमा कुनैपनि ध्यान नदिएको रामबहादुर केसीले आरोप लगाए ।

यहाँका किसानहरु स्याउ सिजन सुरु भएपछि  चिन्तीत देखिन्छन् । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने सुकिदहको जिनावाङ गाउँमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौको स्याउ खेर जाने सम्भावना बढेको छ ।

साउनको पहिलो साताबाट यहाँका कृषकहरु स्याउकै व्यापार गर्नमा व्यस्त देखिन्छन् तर कच्ची बाटोले व्यापारमा प्रत्यक्ष असर पु¥याईरहेको उनीहरुको गुनासो छ । जिनावाङको नाउली बाट झ्याम सम्म करिब २ कि.मि सडकमा पहिरो र हिलाम्मे हुदा सधैजसो चल्ने ट्याक्टरहरु पनि चल्न छाडेका छन । बाटोभरी पहिरो गएपछि गाउँपालिका र वडापालिकाले कुनैपनि चासो नदिदा आफुहरुलाई स्याउ बजार सम्म पु¥याउन समस्या भएको स्थानीय कुल बहादुर केसीले बताए ।


जिनाबाङको स्याउ बिक्री गर्न लैजाने प्रमुख बजार भनेकै दाङको तुलसीपुर र घोराही हो । तुलसीपुर सम्म पुग्न बिप्लब निकट नेकपा नेता चुडामणी वली आर्दशको पहलमा छोटो दुरिको लेकबाटोका लागि ट्रयाक खुलेको छ । 

यो सड्क पुर्ण रुपमा सुचारु नभएपछि यस क्षेत्रका कृषकहरु मर्कामा परेका हुन् । जिनाबाङ तुलसीपुर लेकबाटो सबै भन्दा छोटोदुरीको बाटो छ ।

किसानहरुलाई स्याउ भण्डारणको लागि व्यवस्थित ठाउँ नभएका कारण सस्तो भाउमा स्याउ ठेकेदारलाई बुझाउनुपर्ने अर्को बाध्यता छ । वर्षभरी आफ्नो सन्तानलाई जस्तै स्याहार गरेर फलाएको स्याउ बिक्रि गर्ने बेलामा ठेकेदार आएर आफैं मूल्य तोकेर लैजाने गरेका कारण किसानहरु मर्कामा परेका छन् । स्याउ टिपेर व्यवस्थित रुपमा भण्डारण गर्ने ठाउँ नहुँदा स्याउ खेतीबाट आफूहरुले भनेजस्तो फाइदा लिन नसकेको कृषक भिमबहादुर केसीले गुनासो गरे ।

बिगतमा जिल्ला बिकास समितिले स्याउ प्रचारका लागि, रोल्पाको स्याउ लेखेर स्याउ डिब्बा कृषकहरुलाई बाडेको थियो । यो साल भने गाउँपालिकाले बजेट नछुट्याउदा, अन्य डिब्बा स्याउ राखेर बेच्नु परेको र आफुहरुको प्रचार प्रसार पनि ओझेलमा परेको उनीहरुको दुखेको छ । 

सुकिदमै स्याउको उत्पादन राम्रो हुदापनि गाउँपालिकाले केहि वास्ता नगरेको जिनावाङवासीको आरोप छ । सानो डोकाबाट पटक पटक ओसार्दा कठिनाई हुने, स्याउमा दाग लाग्ने हुदा लामो बाटोका कारण बजारसम्म पु¥याउँदा आधा स्याउ बाटोमै बिग्रिने गरेको स्थानीय दान बहादुर वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी