२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरेली जेठोबुढो धानको माग बढ्दै

१८ श्रावण २०७५, शुक्रबार १२:४५

वासुदेव पौडेल | साउन १८, पोखरा | जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति रहेका छन् । 

धेरै गर्मी र धेरै जाडो नहुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् । 

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा हाल ४८ हजार ६३३ हेक्टरमा धानखेती गरिँदै आएकामा २६ हजार ७५७ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमीन ६८ हजार ९६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेका आर्वाका अगुवा कृषक टेकनाथ बराल बताउनुहुन्छ । 

“जेठोबुढाको बीउको माग कास्कीमा मात्र नभएर बाहिरका जिल्लामा पनि अत्यधिक छ”, उहाँले भन्नुभयो, “केही वर्षयता यसको बीउ गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पुगिसकेको छ ।” जिल्लामा जेठोबुढो धानको बिउको बिक्री मूल्य प्रतिकिलो रु १९० कायम गरिए पनि माग बढी भएका कारण कृषकले प्रतिकिलो रु २३० सम्ममा बिक्री गर्दैआएका छन् । 

लिबर्डले पोखराका विभिन्न स्थानमा फल्ने जेठोबुढोका छ वटा प्रजातिको संकलन गरी त्यसबाट सुधारिएको पोखरेली जेठोबुढोको बीउ उन्मोचन गरेको छ । लिबर्डको सहयोगमा आर्बाको नमूना प्राङ्गारिक कृषि सहकारी संस्था, फेवा बीउ उत्पादन समूह, जनसेवा एग्रोभेटलगायत संस्थाले जेठोबुढो धानको बीउ उत्पादन गर्दै आएका छन् । 

सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि २०६७ सालमा सिफारिश गरिएको थियो भने २०६८ देखि उत्पादन शुरु भएको गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अधिकृत प्रकाश बस्ताकोटीले बताउनुभयो । जेठोबुढोको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३.५ मेट्रिक टन रहेको छ । जेठोबुढोको चामल प्रतिकिलो रु १६० पर्छ भने प्रतिपाथी रु ६०० पर्छ । 

जनसंख्याका आधारमा कास्कीमा वार्षिक एक लाख एक हजार टन खाद्यान्न आवश्यक पर्छ । हाल ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । पछिल्ला वर्षमा जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, लेखनाथका फाँट प्लटिङका कारण घडेरीमा परिणत भएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष १०० हेक्टर कृषिभूमि घटिरहेको छ । शहरी क्षेत्रको लगभग ४० प्रतिशत तथा गाउँको करीब २५ प्रतिशत जमीन बाँझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य