३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने

२५ पुष २०८१, बिहीबार १२:३१

काठमाडौँ | पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै छन् । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार, जवाफी बहसका लागि उच्च सरकारी वकिल र जिल्ला सरकारी वकिलको कार्यालयबाट कार्यालय प्रमुख आएका छन् ।

उच्च सरकारी वकिलको कार्यालयका प्रमुख गोविन्दराज गौली र जिल्ला सरकारी वकिलको कार्यालयका कार्यालय प्रमुख कमला काफ्लेले जवाफी बहस गर्ने लामिछानेले जानकारी दिए । जिल्लाको मुद्दा भए पनि यस अगाडि थुनछेक बहसमा महान्यायाधिवक्ताको कार्यालयबाट नै सरकारी वकिल आएर बहस गरेका थिए ।

न्यायाधीश नीतिज राईको इजलासमा उनीहरूको जवाफी बहस सकिएपछि बिहीबार नै आदेश आउन सक्ने स्रेस्तेदार खनालले जानकारी दिए ।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस पनि बुधबारै सकिएको थियो । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस सुरु भएको हो ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने