२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रशोधन कारखानामार्फत मालिक बन्दै चिया किसान

८ मंसिर २०७५, शनिबार ११:१८

गोविन्द लामिछाने | मङ्सिर ८, मङ्गलबारे | हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । 

जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन कारखाना खोल्न लागिपरेका हुन् । सहकारीमार्फत खुलेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पु¥याउने लक्ष्यका साथ नाशामार्फत अग्र्यानिक प्रमाणीकरण लिने क्रम पनि शुरु गरिएको छ । 

चिया अग्र्यानिक हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाको निर्यात बढ्ने तीनजुरे चिया कारखानाका व्यवस्थापक सोमनाथ शर्माको भनाइ छ । देशभरमा सहकारीमार्फत ३१ कारखाना खुलेका छन् । झापामा खुलेका चार वटाबाहेक सबै अग्र्यानिक छन् । सहकारीबाट खुलेकामध्ये इलाममा आठ वटा कारखाना छन् भने बाँकी पाँचथर, धनकुटा, ललितपुरलगायत जिल्लामा सञ्चालन भइरहेका छन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले यस्ता कारखानाले कृषकलाई उचित मूल्य दिने गरी सहकारीकर्मी किसानलाई एकताबद्ध गर्दै बजारीकरणमा सघाउने सङ्घको उद्देश्य रहेको बताउनुभयो । 

देउमाई नगरपालिका–३ राँकेटारमा चिया किसानको सक्रियतामा सहकारीमार्फत चिया प्रशोधन कारखाना स्थापना गरिएको छ । यहाँ १६१ जना कृषक सदस्य रहेको उच्च पहाडी चिया उत्पादक सहकारी संस्थाले कारखाना सञ्चालनमा ल्याएको हो । कारखानाका लागि सहकारीमा आबद्ध किसानले रु एक करोड लगानी गरेको हो । सो कारखानालाई उन्नति समावेशी वृद्धि कार्यक्रमले रु ५० लाख आर्थिक सहयोग गरेको छ । 

दैनिक एक हजार ५०० किलोग्राम हरियो चियापत्ती प्रशोधन गर्ने क्षमता रहेको कारखानाका अध्यक्ष थीरकुमार राउतले बताउनुभयो । सहकारीले नासा अन्तर्राष्ट्रिय अग्र्यानिक प्रमाणीकरण निकायबाट अग्र्यानिक प्रमाणित गरिसकेको छ । वार्षिक ३० हजार किलो तयारी चिया उत्पादन गर्ने कारखानाले लक्ष्य लिएको छ । 

सूर्योदय नगरपालिकाको बरबोटे, फाकफोकथुमको तीनजुरे, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाबीचको तालगाउँमा सहकारीमार्फत चिया प्रशोधन कारखाना खुलेका छन् । सहकारीमार्फत जिल्लामा खुलेका चिया कारखानामा किसानको लाखौँ लगानी छ । 

यहाँको उत्पादन अझै पनि भारतमुखी बजारमा निर्भर रहेकाले कृषकलाई उपयुक्त मूल्य दिन नसकिएको बताइएको छ । जिल्लामा सञ्चालित अर्थोडक्स चिया कारखानाले आन्तरिक र पश्चिमा बजारमा केही तथा बाँकी चिया भारतको कोलकत्तामा बिक्री गर्दै आएका छन् । 

“भारतमुखी बजारको विकल्पको खोजी नगरिएसम्म अझै पनि मुस्किल छ”, इलामेली चिया सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले भन्नुभयो, “कारखाना निर्माणका सबै प्रक्रिया सकेर सहकारी बजारको खोजीमा छ ।” फाकफोकथुमको तीनजुरे चिया कारखानाले अग्र्यानिक उत्पादन विदेश निर्यात गरिरहेको छ । यसपटक कारखानाले करीब ५०० किलोग्राम तयारी चिया जर्मनी, नेदरल्याण्डलगायत तेस्रो मुलुकमा बिक्री भएको कारखानाका व्यवस्थापक सोमनाथ शर्माले बताउनुभयो । 

अहिले जिल्लामा साना ठूलागरी १०० धेरै चिया कारखाना सञ्चालनमा छन् । कारखानाको क्षमताअनुसार उत्पादन क्षेत्र नबढ्नु, प्रतिष्पर्धा तीव्र हुनु र सीमापारि दार्जिलिङतर्फ हरियो चियापत्ती निकासी भइरहनुजस्ता कारणले अधिकांश कारखानाले क्षमताअनुसार चियापत्ती प्रशोधन गर्न सकिरहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…