२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अर्गानिक कृषि उत्पादनले फेरिएको बरातु गाउँ

२०७६, २६ बैशाख बिहीबार १५:३२

बैशाख २६, कालिकोट । खाँडाचक्र नगरपालिका ११ बरातु गाउँलाई कृषिउपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ। कृषिउपजका वस्तुहरूमा कृषकहरूले रसायन मलको प्रयोग निषेध गरेर अर्गानिक गाउँ बनाएका हुन्। स्थानीय बाली उत्पादनमा कृषक रसायनिक मलको प्रयोग विषादी प्रयोगबिना नै स्थानीय प्राङगारिक मल र स्थानीयस्तरमा किटनाशक औषधि प्रयोगमा ल्याएका छन्।कृषि उत्पादनका नमुना गाउँ रहेको बरातुका किसानहरूले २२ वर्ष अघिदेखि नै व्यावसायिक खेती सुरु गरेका थिए ।


पहिला कृषि उपजका वस्तुहरू उत्पादनमा रसायनिक मलको प्रयोग गर्दा जग्गा सुख्खापन वृद्धि भएको किसानहरूले बताएका छन्। पहिलापहिला हामी कृषि बाली उत्पादन गर्नका लागि प्रयोग गरेको रसायनिक मलको असरले जग्गामा सुख्खापन आउनुका साथै बाझोँपनको समस्या देखिएको अगुवा कृषक बिरु भारतीले बताइन्। ‘रसायनिक मलको प्रयोगले जग्गाको क्षतिबाहेक अरू केही हैन भन्ने बुझ्यौं’ उनले भनिन्, ‘अहिले गाउँमा कसैले पनि रसायनिक मलको प्रयोग गर्दैनन्।’

जग्गामा सुख्खापन बढेका कारणले किसानहरूले अहिले कृषि उत्पादनका क्षेत्रमा जैविक र प्राङगारिक मलको प्रयोगमा ध्यान दिएको वडा अध्यक्ष पुष्पराज गिरीले बताए। ‘गाउँमा कसैले पनि रसायनिक मलको प्रयोग गर्दैन’ उनले भने, ‘स्थानीयरूपमा उत्पादन हुने हरेक कृषि उपजका वस्तुमा स्थानीय जैविक मल र प्राङगारिक मलको प्रयोग गर्न थालिएको छ।’

बरातु गाउँका किसानहरूले वर्षभरि नै बेमौसमी तरकारीको उत्पादन गर्ने गरेका छन्। अन्य बालीभन्दा तरकारी बालीबाट राम्रो उत्पादन हुने भएकाले किसानहरूले तरकारी बाली उत्पादनमा जोड दिएका हुन्। यहाँका किसानहरूले वर्षभरि नै बैमौसमी तरकारी उत्पादन गर्ने त्यसबाट राम्रो लिने गरेको शिक्षक अजबहादुर गिरीले बताए। ‘यहाँ पहिलापहिला कसैले पनि तरकारी उत्पादन गर्न मानेनन्’ उनले भने, ‘पहिला मैले नै तरकारी खेतीको सुरु गरेर राम्रो आम्दानी लिन थालेपछि अरूले पनि तरकारी खेती सुरु गरेका हुन्।’

बैमौसमी तरकारी तथा अन्य कृषिजन्य वस्तुको उत्पादन राम्रो हुने गरेको भए पनि बजारीकरणको समस्या रहेको अगुवा किसान तारा गिरीले बताइन्। ‘यहाँ हामीले उत्पादन गर्ने गरेको तरकारीलगायतका अन्य कृषि उपजका वस्तुहरू बजारीकरणले समस्या छ’ उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी कसरी कहाँ बेच्ने त्यसको समस्या छ।’ अहिले गाउँमा आरु, आलुलगायत तरकारी खेरजाने अवस्थामा रहेको सरिता भारतीले बताइन्। ‘अहिले गाउँमा आरु फालाफाल छ। यो कहाँ लिएर बेच्ने?’ उनले भनिन्, ‘तर, सडक पुगेको ठाउँमा भारतीय तरकारी बिक्री हुन्छ।’

खाँडाचक्र नगरपालिका नगर प्रमुख जसीप्रसाद पाण्डेले किसानहरूले उत्पादन गरेको वस्तु बजारीकरणको समस्या हुन नदिने बताएका छन्। कर्णाली राजमार्गदेखि बरातुसम्म ग्रामीण कृषि सडक पुगेको अबका दिन ती समस्या हल हुने बताएका हुन्। ‘बरातुका किसानहरू निकै मिहिनेती छन्’ नगर प्रमुख पाण्डेले भने, ‘उनीहरूले उत्पादन गरेका कृषि उपजका वस्तुहरूलाई बजारीकरणका लागि मलै पहल थाल्छु।’ बरातु कालिकोट जिल्लाकै कृषि वस्तु उत्पादनमा नमुना गाउँ भएको प्रमुख पाण्डेले बताए।

पहिलोपटक किबी खेती

बरातुका किसानहरूले अहिले गाउँमा किबी खेतीको सुरुवात गरेका छन्। तीन वर्षअघि गाउँमा किबी खेती सुरु गरेको गत वर्ष थोरै फलेको यो वर्ष धेरै दाना दिएको शिक्षक अजबहादुर गिरीले बताए। ‘किबी खेतीको सम्भावना निकै राम्रो छ’ उनले भने,‘यसको बजारमूल्य पनि निकै राम्रो छ।’ सुन्तला जोनका रूपमा विकास साबिकको जिल्ला कृषि विकास कार्यालयले बरातु गाउँलाई सुन्तला जोनका रूपमा विकास गरेको थियो।

अहिले गाउँमा सुन्तला उत्पादन गर्ने कृषकहरूको संख्या वृद्धि भएको र गाउँमा नै सुन्तलाका सात जातका बाली उत्पादन गर्ने गरेको माया गिरीले बताइन्। ‘यहाँ गाउँमा सुन्तला, जुनार, मुन्तला, कागती, स्थानीय जातको चुकलगायत बाली उत्पादन हुन्छन्’ उनले भनिन्, ‘यो हाम्रो प्रयासले सम्भव भएको हो।’ जिल्ला नै रसायनिक मलमुक्त बनाउने छलफल कर्णाली प्रदेश सरकारले आर्गानिक प्रदेश बनाउने निर्णयसँगै कालिकोट जिल्लालाई अर्गानिक जिल्ला बनाउने तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला