२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चियाखेती सिक्न पाखा-पाखामा किसान

३० बैशाख २०७६, सोमबार ०२:२९

वैशाख ३०, इलाम | गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् । 

केही दिन अघिमात्रै ललितपुर र रामेछापका २१ किसानले यहाँका बगानमा चिया खेती सिक्न आए । ललितपुरका नौ र रामेछापका एक गरी १० वटा चिया सहकारीका अगुवा सदस्य चिया खेती सिक्न र अवलोकनका लागि इलाम आएका थिए । उनीहरूलाई चिया खेतीसम्बन्धी सैद्धान्तिक ज्ञानसहित, रोपणशैलीका बारेमा जानकारी गराइएको थियो ।  

केही वर्ष अघि यहाँबाटै चियाको बिरुवा लगेर खेती शुरु गरेका किसानले बजारीकरणको बारेमा थाहा पाउन इलाम आएका हुन् । बजारीकरण राम्रो नहुँदा चिया बेच्नै समस्या परेकाले बुझ्नका लागि इलाम आएको ललितपुरका चिया किसान पुरुषोत्तम तिम्सिनाले जानकारी दिनुभयो । 

तिम्सिनाका अनुसार इलामकै एक व्यक्तिबाट २०६८ सालतिर चियाको बिरुवा ललितपुरमा लगेर खेतीको बारेमा जानकारी गराइएको थियो । सामान्य खेती हुन थालेपछि अरु बिरुवा पनि निर्यात गरेर ललितपुरमा पनि अहिले व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेको तिम्सिनाको भनाइ छ ।  

“हामीले इलामको भ्रमणपश्चात् प्याकेजिङ र बजारीकरणका बारेमा धेरै थाहा पायौं”, तिम्सिनाले भन्नुभयो, “प्याकेजिङ राम्रो नहुँदा हाम्रो चिया बिक्न समस्या थियो । त्यो कुरा इलाम भ्रमणबाट थाहा भयो । बजारीकरणका लागि पनि भारत निर्यात गर्न हामीलाई सहयोग भयो ।”

आफ्नै संस्थाको सहयोगबाट धेरै जिल्लाका किसानलाई चिया सिकाउने काम वर्षेनी गरिँदै आएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका अध्यक्ष गोविन्द दाहालले जानकारी दिनुभयो । “हामीले वर्षेनी स्थानीय निकायसँग समन्वय गरेर विभिन्न जिल्लाका किसानलाई चिया अवलोकन र चियाखेती विस्तार गर्न इच्छुकलाई इलाम भ्रमणको निम्तो दिन्छाँै ।” दाहालले भन्नुभयो, “त्यसका लागि हामी आफैँ भाडा दिने र तालीमसमेत प्रदान गर्छौं ।”

चियाखेती सिक्न इलामका पाँच वटा उद्योगमा किसानले भ्रमण गरेका थिए । उनीहरूले देउमाई शान्तिडाँडा राँकेटारको उच्च पहाडी चिया सहकारी, इलाम साखेजुङको ग्रीन हिल चिया सहकारी, सूर्योदय फिक्कलको इलामेली चिया सहकारी र कन्यामको कन्याम चिया सहकारी, सन्दकपुरको सानीमाई चिया सहकारीका साथै चिया विस्तार योजना फिक्कलमा भ्रमण गरेका थिए । 

पछिल्लो समय चियाखेती सिक्नका लागि इलाम आउने किसानको सङ्ख्या उल्लेखनीय रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । विभिन्न संस्थाबाट सहयोग पाउन थालेपछि मकवानपुर, ललिपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक र भक्तपुरबाट १०० भन्दा बढीको सङ्ख्यामा खेती सिक्न आउने गरेको उहाँको भनाइ छ ।

केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालको आयोजनामा भएको अवलोकन सिकाइ भ्रमणले सहभागीमा चिया खेतीको विकास विस्तारमा थप ऊर्जा मिलेको र इलामको पर्यटनमा समेत सहयोग पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालले इलामको शेरामा आफ्नै भवन निर्माण गरी देशभरका चिया सहकारीमार्फत् चिया खेतीको विकास र विस्तारमा सहयोग गर्नका साथै चिया किसानको भूमिका परिर्वतनका लागि वस्तुको मूल्य शृङ्खलाको उत्पादनबाट प्रशोधन र बजारीकरणमा प्रवेश गराउनमा लागि परेको सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य