२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा स्याउले पाएँन् बजार,गाई गोरुलाई कुडो बनाएर दिईदै, सयौ क्विन्टल कुहिए

२६ मंसिर २०७६, बिहीबार १२:०६

दान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका  १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक  माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ |


गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको बस्ति भएका कारण उत्पादित स्याउ कुहिएर फाल्नु पर्ने बाध्यता भएको छ | स्थानीयले कोदो,मकै,फापर,भट्ट र धानले बिक्रि गर्ने गरेका छन् | बाम , फैपाटा,दके ,गाँउका २ सय भन्दा बुढी घर घुरीमा उत्पादन भएका सयै किविन्टल स्याउले बजार पाएका छैनन् | स्थानीय बिहान उठ्ने बितिक्कै एक डोको स्याउ टिपेर गाँउ -गाँउ डुल्नुपर्ने बाध्यता भएको छ |


"दिनकै क्विन्टल स्याउ गाइ गोरुलाई कुडो बनाएर छौ,एकमाना भटमास सिट २०/२५ दाना स्याउ साटछौ, बजार नजिक नहुदा कुहिएर फाल्ने गरेका छौं | मन भ्क्कानिएर आउछ, के गर्नु स्थानीय सरकारले कुनै चासो देखाएको छैन" झुमा बढुवालले भनिन् |


त्यस्तै अर्का स्थानीय ताल्चा बिमान स्थाल जनिक घर भएका कृषक कर्ण बहादुर भामको गुनासो पनि उस्तै छ, उनी भन्छन 'एयरर्पोट र सडकको छेउमा घर भएर के गर्नु ? स्याउ कुहिएर जान्छ ! नत स्याउले बजार पाएको छ | गाई राख्ने गोठमा स्याउ राख्न बाध्य भएका छौं | कृषकहरुको गुनासो र पिर मार्का स्थानीय सरकारले पनि बुझेंन्,सबै लगानि र मिहिनेत मात्र खेर गयो |"


कृषि बिकास कार्यालय मुगुका अनुसार गत बर्षहरु भन्दा यो बर्ष स्याउको उत्पादन निकै राम्रो ३५ मेट्रिटन उत्पादन भएको र जस अनुसार १५ मेट्रिटन उत्पादन स्याउ बाहिरी बजारमा गएको छ | बजारको पहुच नहुदा , यातायातको व्यवस्था नहुदा, स्थानीयको मेहेनेत्त त्यसै खेर गएको छ | जिम्मेवार निकाय बेखबर छ भने क्ष्रम र पशिना किशानको त्यतिकै खेर गएको छ |


राष्टिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिन सक्ने सुन्दर फलको सरकारले बजार खोज्नु आवश्यकता छ | यता कृषि कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पन्चलाल बुढा भन्छन,स्याउको उत्पादन र संरक्षंणका लागि योगदान गर्दै आएका छौं, | र आउदा दिनहरुमा पनि कृषकहरुको उत्पादित बस्तुलाई खेर जान नदिने बताउछन |


पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण र स्याउ उत्पादनको एक आकर्षक केन्द्रबिन्दुलाई सरकारले बेवास्ता गर्नुले पक्कै पनि राष्टिय र स्थानीय अर्थतन्त्रमा असर पार्ने नै छ | सम्बन्धित सबै निकायले यस तर्फ ध्यान दिनु जरुरी छ |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान