२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा स्याउले पाएँन् बजार,गाई गोरुलाई कुडो बनाएर दिईदै, सयौ क्विन्टल कुहिए

२०७६, २६ मंसिर बिहीबार १२:०६

दान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका  १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक  माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ |


गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको बस्ति भएका कारण उत्पादित स्याउ कुहिएर फाल्नु पर्ने बाध्यता भएको छ | स्थानीयले कोदो,मकै,फापर,भट्ट र धानले बिक्रि गर्ने गरेका छन् | बाम , फैपाटा,दके ,गाँउका २ सय भन्दा बुढी घर घुरीमा उत्पादन भएका सयै किविन्टल स्याउले बजार पाएका छैनन् | स्थानीय बिहान उठ्ने बितिक्कै एक डोको स्याउ टिपेर गाँउ -गाँउ डुल्नुपर्ने बाध्यता भएको छ |


"दिनकै क्विन्टल स्याउ गाइ गोरुलाई कुडो बनाएर छौ,एकमाना भटमास सिट २०/२५ दाना स्याउ साटछौ, बजार नजिक नहुदा कुहिएर फाल्ने गरेका छौं | मन भ्क्कानिएर आउछ, के गर्नु स्थानीय सरकारले कुनै चासो देखाएको छैन" झुमा बढुवालले भनिन् |


त्यस्तै अर्का स्थानीय ताल्चा बिमान स्थाल जनिक घर भएका कृषक कर्ण बहादुर भामको गुनासो पनि उस्तै छ, उनी भन्छन 'एयरर्पोट र सडकको छेउमा घर भएर के गर्नु ? स्याउ कुहिएर जान्छ ! नत स्याउले बजार पाएको छ | गाई राख्ने गोठमा स्याउ राख्न बाध्य भएका छौं | कृषकहरुको गुनासो र पिर मार्का स्थानीय सरकारले पनि बुझेंन्,सबै लगानि र मिहिनेत मात्र खेर गयो |"


कृषि बिकास कार्यालय मुगुका अनुसार गत बर्षहरु भन्दा यो बर्ष स्याउको उत्पादन निकै राम्रो ३५ मेट्रिटन उत्पादन भएको र जस अनुसार १५ मेट्रिटन उत्पादन स्याउ बाहिरी बजारमा गएको छ | बजारको पहुच नहुदा , यातायातको व्यवस्था नहुदा, स्थानीयको मेहेनेत्त त्यसै खेर गएको छ | जिम्मेवार निकाय बेखबर छ भने क्ष्रम र पशिना किशानको त्यतिकै खेर गएको छ |


राष्टिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिन सक्ने सुन्दर फलको सरकारले बजार खोज्नु आवश्यकता छ | यता कृषि कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पन्चलाल बुढा भन्छन,स्याउको उत्पादन र संरक्षंणका लागि योगदान गर्दै आएका छौं, | र आउदा दिनहरुमा पनि कृषकहरुको उत्पादित बस्तुलाई खेर जान नदिने बताउछन |


पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण र स्याउ उत्पादनको एक आकर्षक केन्द्रबिन्दुलाई सरकारले बेवास्ता गर्नुले पक्कै पनि राष्टिय र स्थानीय अर्थतन्त्रमा असर पार्ने नै छ | सम्बन्धित सबै निकायले यस तर्फ ध्यान दिनु जरुरी छ |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने