पर्वत । कृषकले उत्पादन गरेको बीउ भण्डारको लागि निर्माण थालिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र परेको छ । मोदी गाउँपालिका २ देउपुर पातिचौर निर्माण हुन लागेकोे कोल्डस्टोर (चिस्यानकेन्द्र) बेवारिसे बनेको हो ।

तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कृषकले उत्पादन गरेको बीउ भण्डारको लागि निर्माण थालिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र परेको छ । मोदी गाउँपालिका २ देउपुर पातिचौर निर्माण हुन लागेकोे कोल्डस्टोर (चिस्यानकेन्द्र) बेवारिसे बनेको हो ।

तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाह"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तीन वर्षदेखि कोल्डस्टोर अलपत्र

२०७६, १४ पुष सोमबार १०:३६

पर्वत । कृषकले उत्पादन गरेको बीउ भण्डारको लागि निर्माण थालिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र परेको छ । मोदी गाउँपालिका २ देउपुर पातिचौर निर्माण हुन लागेकोे कोल्डस्टोर (चिस्यानकेन्द्र) बेवारिसे बनेको हो ।

तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  हुँदा रु ५० लाखको विनियोजन भएर निर्माणकार्य थालिएको कोल्डस्टोर अहिले अलपत्र परेको छ । कृषि उपज बाह्रै महिना संकलन गरी बजार पठाउने उद्देश्यसाथ निर्माण थालिएको कोल्डस्टोर अहिले वेवारिसे जस्तै बनेको हो । कृषकले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्न लगायत स्टोर गर्ने योजना अनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पालामा ०७३÷७४ मा बजेट विनियोजन भएको थियो ।

कोल्डस्टोर निर्माणको लागि समितिले व्यक्तिको जग्गामा लगानी गरेका कारण पनि लगानी डुबेको हो । स्थानीय खेमबहादुर हमालको नीजि जग्गामा कोल्डस्टोर निर्माण कार्य थालिएको भएपनि अहिले उनले जग्गाको मुल्य मागेका छन् । पहिलेको सहमति भन्दा बढि उनले जग्गाको मुल्य मागेको र निर्माणको लागि आवश्यक रकम अभावका कारण पनि कोल्डस्टोर अलपत्र परेको हो ।

निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो । ‘बजेट विनियोजन भएपछि काम थाल्यौं,’ तर लागत अनुसारको बजेट नआएका कारण भवन अलपत्र प¥यो उनले भनिन् । बजेट अभावकै कारण कृषकको कृषि भण्डार गृह अलपत्र परेको उनको दाबी छ ।

दुईतले चिस्यानकेन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो । तर, लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ । अहिले जग्गाधनिले आफ्नो घाँस पराल र दाउरा राख्नको लागि भरपुर प्रयोग गरेका छन् भने राज्यको लगानी बालुवामा पानी सरह बनेको छ । निर्माण अवस्थामा नै भवनको काम रोकिएपछि अहिले भवन जग्गाधनीको लागि करेसाका थाँक्राको रुपमा प्रयोगमा आएको छ । भवनको रडहरुमा तरकारीका झालले भरिएका छन् भने ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ ।

पर्वत जिल्लाभरी मै एउटा पनि कोल्डस्टोर छैन । निर्माण हुन लागेको कोल्डस्टोर पनि वेवारिसे बनेको छ । राज्यको लगानी बालुवामा पानी सरह बनेको छ । देउपुरमा गाउँपालिकाकै सबैभन्दा बढि अन्न र सुन्तला उत्पादन हुने गर्छ तर उत्पादन भएको बस्तु राख्ने कोल्डस्टोरको अवस्था भने वेवारिसे  भएको भन्दै स्थानीय कृषक चिन्तित बनेका छन् ।

कोल्डस्टोर भएको भए सुन्तला भण्डार गरेर उचित र राम्रो मुल्यमा विक्रि गर्न सकिन्थ्यो तर नभएकै कारण सुन्तला कौडीको भाउमा बेच्नुपर्ने बाध्यता छ स्थानीय अगुवा सुन्तला कृषक दाताराम चापागाइले भने । कोल्डस्टोर भएको भए चैतमा सुन्तलाको राम्रो मुल्य  पाउने थियो ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले कोल्डस्टोर निर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डनै पूरा नगरी निर्माण कार्य शुरु गरिएका कारण भवन सम्पन्न हुनमा समस्या देखिएको बताए । उनले भवनको क्षेत्रफल क्षमताभन्दा कम भएको बताए ।

५ आना जग्गामा २४ फिट चौडाइ र ५२ फिट लम्बाइको भवनले जिल्लाभर उत्पादन हुने अन्न तथा फलफूल स्टोर गर्न असम्भव हुने भन्दै उनले  भवन नै मापदण्ड अनुसारको नभएको दाबी गरे । जिल्लामा कोल्डस्टोरको  अभावका कारण यहाँका कृषले उत्पादन भएको बीउ, सुन्तला, मकै, धान लगायतका अन्नबाली कोल्डस्टोरमा राख्नको लागि पोखरा लाने गरेका छन् ।

बेवारिसे अवस्थामा रहेको कोल्डस्टोरमा लगानी गर्न गाउँपालिका पनि अनिश्चुक देखिएको छ । वडा कार्यालयले पनि व्यक्तिगत जग्गामा सरकारी बजेट परेकाले लगानी गर्न डराएको छ । गाउँपालिकाले बरु नयाँ बनाउने सोच बनाएको छ । चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानीयले वडा, गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारेका छन्  । तर, अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।  ‘हामीले वडाबाट गाउँपालिका, प्रदेश हुँदै केन्द्रसम्म बजेट माग गरेका थियौं,’ उनले भने, ‘प्रदेसबाट बजेट छुट्टिएको भन्ने छ । त्यसैलाई निरन्तरता दिने या अर्को बनाउने टुङ्गो छैन ।’

गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले चिस्यानकेन्द्र अन्तै बनाउने तयारी भइरहेको बताए । व्यक्तिको जग्गामा सरकारी रकम कसरी हाल्नु ? कि त उस्ले जग्गाको स्वामित्व हामीलाई सुम्पिनु पर्यो होइन भने त्यसमा लगानी नगरी नयाँ बनाउने सोच बनाएका छौ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण