२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराईका जिल्लामा यो वर्ष आँप उत्पादन बढ्ने सङ्केत

२ बैशाख २०७७, मंगलवार ११:३६

वैशाख २, महोत्तरी | महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । 

यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उप्पादन घट्न सक्ने चिन्ताले किसानलाई सताएको छ ।

किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर (फूल) लाग्यो र चैतमा अत्यधिक टिकोला (चिचिरा) देखिनु उत्पादन बढने सङ्केत हो । तर लकडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उप्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् ।

मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन । लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् । 

जिल्लाको सदरमुकाम जलेश्वर, मटिहानी, मनरा, सम्सी, खयरमारा, पिपरा, इटहर्वा, पर्सापतैली, सुगा, लक्ष्मीनिया, मडै, बर्दिवास, गौशालालाई आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ । यस वर्ष जिल्लामा दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान