२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोपाइँको सट्टा छरेर धानखेती गर्दै किसान

८ असार २०७७, सोमबार ०२:५४

असार ८, भजनी | कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्नुहुन्थ्यो तर उहाँले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गर्नुभएको छ । उहाँले एक बिघा खेतमा धान रोप्नुभएको छ भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ । “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन वर्षातको सिजनमा बाँझै हुन्थ्यो”, साउँदले भन्नुभयो, “यस वर्ष सबै किसानले खेतमा धान छरेर खेती गरेका छन्, उत्पादन रोपेकै बराबर हुने भएपछि मैले पनि धान छरेर खेती गरेको छु ।”

मानबहादुर मात्र होइन कन्हैयाँपुरका चेतराम चौधरीले पनि तीन बिघा क्षेत्रफलमा धानखेती गर्नुभएको छ । उहाँले पनि रोपाइँको सट्टा धान छरेरै खेती शुरु गर्नुभएको हो । अहिले चेतरामको खेतमा धानको हरियाली देख्न सकिन्छ । “अघिल्लो वर्षमात्रै केही किसानले धान छरेर खेती गर्नुभएको थियो, उत्पादन राम्रो भएपछि यस वर्ष अधिकांश किसान छरेर गरिने धान खेतीमा केन्द्रित छन्”, चेतरामले भन्नुभयो, “राम्रो उत्पादन र खर्च कम हुने भएका कारण पनि किसानले यो प्राविधिकलाई अँगालेका हुन् ।” 

किसान शेरबहादुर साउँदले अघिल्लो सिजनमा डुबानको जोखिम हुने खल्ला खेतमा वर्षा शुरु हुनुभन्दा पहिल्यै धान छर्नुभयो । दश बिघा क्षेत्रफलमा छरेको धान र त्यतिनै क्षेत्रफलमा रोपेको धानको उत्पादन बराबर भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा भजनीमा छर्ने धान खेतीमा किसानको आकर्षण बढेको बताउनुभयो । “खर्च कम छ, उत्पादन राम्रै हुन्छ, न त पानी चाहिने न काम गर्ने मान्छे नै”, साउँदले भन्नुभयो, “किसानले बाढी र डुबानका कारण कृषि क्षेत्रमा ठूलो क्षति ब्यहोर्नु पर्छ, छर्ने धानमा लगानी कम हुने हुँदा क्षति भए पनि कमै त हुने हो भन्ने मानसिकताले पनि किसान आकर्षित भएका हुन् ।”

बाढी र डुबानको उच्च जोखिम रहेको भजनी नगरपालिका हुलाकी राजमार्गअन्तर्गत पर्ने सोनाहाफाँटा, कृष्णपुर, ठेकीलगायतका क्षेत्रमा अहिले किसानको खेतमा हरियाली देख्न सकिन्छ । वर्षातको समयमा बाँझै रहने जग्गामा नयाँ प्रणालीबाट धानखेती गरिएको अर्का किसान प्यारे चौधरीले बताउनुभयो । उहाँले किसानले परीक्षणका लागि पनि खेतमा छरेर धान खेती गरेको बताउँदै धान खेतमा छर्दा पनि खेतको आली लगाएर रोपाइँको तरिका अपनाइएको बताउनुभयो ।  

सुक्खामा पनि किसानले रोप्ने धानकै प्रजातिलाई खेतमा छरेका हुन् । त्यसलाई पछि बढी मात्रामा पानी चाहिन्छ । चिम्ट्याइलो माटो भएका कारण धानको जरा वर्षात शुरु हुँदासम्म माटोमा कस्सिएर जाने विश्वास किसानको छ । जेठ मसान्तसम्म किसानले धानखेतमा छरिसकेका छन् । डुबानका कारण रोपेको धान पानीमै कुहिने भएकाले किसानले हिउँदमा मात्र खेती गर्दै आए पनि अधिकांश किसानले यस वर्ष खेतमा धान छरेका छन् । रोपेको धान बराबरको उत्पादन दिने हुँदा किसान रोपाइँभन्दा छर्ने धानमा आकर्षित भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान