दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली नि"/>
२ माघ २०८२, बिहीबार
कृषि गतिबिधी

आजभोलि निकै खुशि छन्, मुगुका मोतीसिंह दमाई

८ श्रावण २०७३, शनिबार ०३:५१

दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली निकै खुसी देखिन्छन । ८ बर्ष पहिले बाजा बजाउने, अर्काको हलिया जाने कुमारो गई बालबच्चा पाल्न उनलाई धौ–धौ थियो । 

गरीबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको सहजीकरणमा त्रिशक्ती सामुदायिक संस्था मार्फत २०६२ सालमा आयआर्जनको कार्यक्रम मार्फत उनलाई एउटा भैसी बितरण गरिएको थियो ।

हालसम्म उनले उक्त भैसीबाट जन्मिएका पाडा बेचेर ५० हजार रुपैया बैंकमा जम्मा गरेका छन । हाल दुई वटा भैसी चराउदै खुसी साथ जिवनयापन गर्दै आएका मोती  सिङ दमाई २ छोरा १ छोरी र श्रीमती साथ हांसी खुसी देखिन्छन् । दुध, दहि  र घ्यू नजिकको बजारमा बेचेर बालबच्चाको शिक्षा, स्वास्थ्य र घर खर्चको ब्यबस्था गर्दै आईरहेको उनले ब्यक्त गरे । 

उनले हाल दुई वटा दुनु भैसी बाट मासिक १५ हजार बचत हुने गरेको बताउछन् । उनको भबिष्यको योजना ५ वटा भैसी पाल्ने ,सधै दही दुध खाने र बेच्ने सपना रहेको छ । र आफ्ना छोराहरुलाई भैसी पालनमा लाउने ब्यवसायिक योजना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल