दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली नि"/>
२०८२, २८ चैत्र शनिबार
कृषि गतिबिधी

आजभोलि निकै खुशि छन्, मुगुका मोतीसिंह दमाई

२०७३, ८ श्रावण शनिबार ०३:५१

दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली निकै खुसी देखिन्छन । ८ बर्ष पहिले बाजा बजाउने, अर्काको हलिया जाने कुमारो गई बालबच्चा पाल्न उनलाई धौ–धौ थियो । 

गरीबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको सहजीकरणमा त्रिशक्ती सामुदायिक संस्था मार्फत २०६२ सालमा आयआर्जनको कार्यक्रम मार्फत उनलाई एउटा भैसी बितरण गरिएको थियो ।

हालसम्म उनले उक्त भैसीबाट जन्मिएका पाडा बेचेर ५० हजार रुपैया बैंकमा जम्मा गरेका छन । हाल दुई वटा भैसी चराउदै खुसी साथ जिवनयापन गर्दै आएका मोती  सिङ दमाई २ छोरा १ छोरी र श्रीमती साथ हांसी खुसी देखिन्छन् । दुध, दहि  र घ्यू नजिकको बजारमा बेचेर बालबच्चाको शिक्षा, स्वास्थ्य र घर खर्चको ब्यबस्था गर्दै आईरहेको उनले ब्यक्त गरे । 

उनले हाल दुई वटा दुनु भैसी बाट मासिक १५ हजार बचत हुने गरेको बताउछन् । उनको भबिष्यको योजना ५ वटा भैसी पाल्ने ,सधै दही दुध खाने र बेच्ने सपना रहेको छ । र आफ्ना छोराहरुलाई भैसी पालनमा लाउने ब्यवसायिक योजना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से