१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि ज्ञानकेन्द्र पर्वतद्वारा सार्निवजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, कोरोना महामारीमा पनि ९० प्रतिशत

१ श्रावण २०७७, बिहीबार ०४:३२

साउन १,पर्वत। कृषि ज्ञानकेन्द्र पर्वतले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामरीको विषम परिस्थितिमा र लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको जनाइएको छ।


मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिएको हो । केन्द्रले पर्वत तथा बागलुङ गरि दुई जिल्लामा कार्यक्रम सञ्चालन गर्दछ ।केन्द्रका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीले आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत संघीय सरकारको सर्सत अनुदान तथा प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९ दशमलब ३५ प्रतिशत प्रगति हासिँल गर्न सफल भएको जानकारी दिनुभयो । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट र २५ करोड ७२ लाख ८४ हजार मध्ये २२ करोड ९९ लाख २ हजार ७ सय ४८ खर्च भएको उहाँले बताउनुभयो ।



प्रदेश सरकार तर्फ प्राप्त कुल ५ करोड ८२ लाख ५८ हजार बजेट मध्ये ५ करोड १७ लाख ६३ हजार ७ सय ८० खर्च भई ८८ दशमलब ८५ प्रतिशत प्रगति देखिएको छ भने संघीय सरकारबाट प्राप्त कुल बजेट रु १९ करोड ९० लाख २६ हजार मध्ये १७ करोड ८१ लाख ३८ हजार ९ सय ६८ खर्च भई ८९।५० प्रतिशत प्रगति देखिएको छ ।साना कृषि मोडेल फर्म अन्तरगत ९३ दशमलब ३५ प्रतिशत, ग्रिनहाउस निर्माण तथा यन्त्रीकरण सहयोग कार्यक्रममा ८९ दशमलब ७३ प्रतिशत, प्राङगारिक खेती प्रर्वद्धन कार्यक्रम तर्फ ९० दशमलब १० प्रतिशत, साना सिचाइ कार्यक्रम तर्फ ९० दशमलब ३८ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम तर्फ ८८ दशमलब ५६ प्रतिशत प्रगति भएको छ ।

लकडाउनका र कोरोना संक्रमणको उच्च जोखिमका बिचमा पनि पर्वत तथा बागलुङका दुर्गम गाउँमा समेत पुगेर कार्यक्रम कार्यान्वयनमा जोड दिएको प्रमुख रेग्मीले बताउनुभयो । यस अबधीमा कृषकलाई मल, बीउ तथा कृषि यन्त्रहरुका लागि आबश्यक पर्ने इन्धनको कमी हुन नदिएको कारण कृषि उत्पादन बृद्धि गर्न र बार्षिक कार्यक्रम सञ्चालन गर्न सफलता मिलेको दाबी उहाँको छ ।

कार्यक्रममा बोल्दै्र जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले कृषि क्षेत्रको विकासको लागि सवैले समन्वय गरेर अघि बढेमा कृषिमा कोरोनाको प्रभावलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिनु भयो । उहाँले बिदेशबाट फर्केका युवा जनशक्तिलाईकार्यक्रमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले हालको कोभिड १९ को विषम परिस्थितिमा पनि यस खालको प्रगति हासिल गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा कृषि प्रसार अधिकृत बिश्व काफ्लेले स्वागत तथा बागबानी बिकास अधिकृत कुमार पुनले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो