रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् । 

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् । 

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कालीगण्डकीले ७६ रोपनी खेत बगायो

२०७३, १३ श्रावण बिहीबार ०२:२९

रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् । 

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा आठ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति पु¥याएको छ । 

त्यस्तै, साँखरको बर्खेघाटका खेतमा नदीले कटान गरेको छ । एक्कासि नदीमा बाढी आएपछि खेतमा लगाएको रोपो सबै पुरिएको छ । “धान रोपेर हरियो नहुँदै बाढीले सबै खेती नोक्सान पुर्यायो, वर्षदिन खाने खेती अब कसरी जीविका चलाउने भन्ने चिन्ताले सताएको छ” कृषक लक्ष्मण पन्तले भन्नुभयो । 

उहाँलाई मात्रै होइन अर्का किसान ठाकुर पाण्डेलाई पनि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । कालीनदीको बाढी खेतमा पसेर रोपोमा क्षति पुग्दा ठूलो नोक्सान बेहोर्नु परेको छ । “किसानलाई कहिले पानी आएर नोक्सान, कहिले नआएर नोक्सान बेहोर्नु परिराखेको छ”, उहाँले गुनासो गर्नुभयो । 

रामपुर–१४ का एक दर्जन जति किसानका खेत कालीगण्डकी नदीले कटान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने