साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पस"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वर्षाले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँको क्षति

१३ श्रावण २०७३, बिहीबार ०७:४१

साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पसेपछि ८० भन्दा बढी अस्ट्रिचका छ महिना नाघेका बच्चा बगाएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताए । 

बाढीले फर्मको चार बिगाहा जमिन र तारबार कटान गरेको छ । दाङमा पालेका बयस्क अस्ट्रिच ३० वटाभन्दा बढीको मृत्यु भएको कम्पनीले जनाएको छ । बाढीले जिल्लाको करिब १२ हजार ५१९ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ । 

तिनाउ, दानव र रोहिणी नदीमा आएको बाढीले ४० हेक्टर धान खेती नष्ट गरेको छ भने १२ हजार ४६० हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख आश्विनी शर्माले बताए । 

जिल्लामा रु ७५ लाख मूल्य बराबरको धानबाली, तरकारी रु १५ लाख, केरा रु दुई लाख ५० हजार, माछा रु ५० लाख, मैरीको मह र घार रु ११ लाख ७० हजार तथा बदाम रु १० लाख ८० हजार तथा पशुतर्पm करिब रु ३५ लाख ८३ हजार मूल्य बराबरको बाख्रा क्षति भएको पशुसेवा कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव