साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पस"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वर्षाले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँको क्षति

२०७३, १३ श्रावण बिहीबार ०७:४१

साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पसेपछि ८० भन्दा बढी अस्ट्रिचका छ महिना नाघेका बच्चा बगाएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताए । 

बाढीले फर्मको चार बिगाहा जमिन र तारबार कटान गरेको छ । दाङमा पालेका बयस्क अस्ट्रिच ३० वटाभन्दा बढीको मृत्यु भएको कम्पनीले जनाएको छ । बाढीले जिल्लाको करिब १२ हजार ५१९ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ । 

तिनाउ, दानव र रोहिणी नदीमा आएको बाढीले ४० हेक्टर धान खेती नष्ट गरेको छ भने १२ हजार ४६० हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख आश्विनी शर्माले बताए । 

जिल्लामा रु ७५ लाख मूल्य बराबरको धानबाली, तरकारी रु १५ लाख, केरा रु दुई लाख ५० हजार, माछा रु ५० लाख, मैरीको मह र घार रु ११ लाख ७० हजार तथा बदाम रु १० लाख ८० हजार तथा पशुतर्पm करिब रु ३५ लाख ८३ हजार मूल्य बराबरको बाख्रा क्षति भएको पशुसेवा कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने