४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धादिङको खरीमा ‘खरी पिडालु’को व्यवसायिक खेति, यस्ता छन पिडालु सेवनका फाइदा

१९ कार्तिक २०७७, बुधबार ०७:१०

अनिल अधिकारी | कात्तिक १९, काठमाडौँ | ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ खरीमा वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले खरी पिडालु खेति गर्दै आएका छन् । उक्त पिडालु खेति कृषकहरुले सामुहिक रुपमा उत्पादन गरेका हुन् ।

खरीमा पहिलेदेखिनै खरी पिँडालुको खेति हुने गरेकोमा गत बर्षदेखि वडाको सहयोगमा कृषकहरुको समुहले सामुहिक रुपमा खरी पिडालुको व्यवसायिक खेति गरेका हुन् । जनकल्याण महिला सामुदायिक बिकास कृषक समुहको परिश्रममा  "जिल्ला कृषि ज्ञानकेन्द्र धादिङ "को खरी पिँडालु प्रबर्धन कार्यक्रम अन्तरगतको (आर्थिक) सहयोगको साथै वडा कार्यलय, ज्वालामुखी गाउँपलिका कृषि शाखाको प्रबिधिक सहयोग र सल्लाह सुझावमा यो बर्ष पनि पिडालु खेति गरिएको हो । सामाजिक संजाल मार्फत ज्वालामुखी वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले कृषकहरुले उत्पादन गरेको खरी पिडालु बिक्रीको लागि तयार रहेको जानकारी दिएका छन् । 


खरी पिडालु अन्य पिडांलुकै एक जात हो । सामान्यत: पिडालु गोलाकार हुने भए पनि खरी पिडालु लामो हुन्छ । एक वर्षे तरकारी बालीको रुपमा रहेको पिडालुको पातबाट ताजा अवस्थामा गाभा र पिडालुको पातलाई तातोमा खंगारेर 'खंगारेको गाभा' को रुपमा लामो समयसम्म पनि तरकारीको रुपमा खान सकिन्छ । 


त्यसो त पिडांलुको डाँठ, पात र गानो तिनै थोक तरकारीको रुपमा प्रयोग गरिने हुँदा यसको खेति व्यवसायिक रुपमा पर्वर्धन गर्न सकिने हो भने कृषक र उपभोक्ता दुवैलाई निकै फाइदाजनक हुन्छ । पिडालुको गानोमा स्टार्च प्रशस्त पाइन्छ जसमा १७ देखी २५ प्रतिशत एमाइलोज हुन्छ । यसका साथै पिडांलुमा सबैभन्दा बढी चिस्यान, चिल्लो, रेसा, क्यालोरी, फस्फोरस, क्याल्सियम, सोडीयम, प्रोटिन, खनीज पदार्थ, कार्बोहाइड्रेट, आइरन, पोटासीयम, भिटामीन बी, राइबोफ्लाबिन, थायमिन, निकोटिनीक एसिड लगायतका मानव सरिरलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरु पाइन्छन् । 

पिडांलु गर्मी हावापानीमा हुने बाली हो । बलौटे माटोमा पिडांलु खेती राम्रो हुन्छ तर खेति लगाउँदा प्रशस्त मात्रामा प्राङगारीक पदार्थ हुन पर्दछ । हल्का तर दोमट माटोमा पिडांलुको गाना ठूलो लाग्छ । त्यसोत चिम्टाइलो माटोमा पनि पिडालु खेती हुन्छ । 

ठूला पिडांलुसंगै सानो गाना भएका पिडालु पनि हुन्छ । सानो गाना भएमा गाउँघरमा त्यसलाई बिउको रुपमा प्रयोग गरिन्छ । टुसा पलाएको साना गानोहरु बीउको रुपमा प्रयोग हुन्छ भने गानो ठूलो भएमा २ देखि ३ आँख्ला राखि काटेर पनि पिडालु रोप्न सकिन्छ । 


नामैले पनि खरी भएको हालको ज्वालामुखी वडा नम्बर ५ साविकको खरी गाविसले परिचित ठाउँ हो । पहाडी भेग, त्यसमा पनि सिंचाईको राम्रो प्रवन्ध नहुँदा यहाँ सिंचाई आवश्यक पर्ने वालीहरु लगाउन कृषकहरुको लागि निकै असहज हुन्छ । परापुर्व कालदेखिनै यहाँ पिडालु, कोदो, बदाम लगायत सिंचाई आवश्यक नपर्ने खेति बढी हुने गरेकोमा यहाँ पिडालुको व्यवसायिक खेतिमा कृषकहरुको ध्यान तान्न सकिए कृषकहरुको जीवनस्तर उकास्न सकिने प्रसस्त आधारहरु छन् । उपभोक्तामा यसको महत्वबारे जानकारी गराउन सक्ने यसको बिक्रि सहज हुने र व्यवसायिक रुपमा यसको खेति गर्ने किसानहरु पनि उत्साहित हुन सक्छन् । 


पिडालुमा पाइने पौष्टिक तत्वको प्रचुर मात्राबारे जानकार नहुँदा पनि उपभोक्तामा पिडालुको माग कम रहेको बुझिएको छ । काठमाडौँबाट ४ घण्टाको मात्र दुरीमा रहेको यो गाउँका किसानले उत्पादन गरेको पिडालु काठमाडौँसम्म बिक्रिको लागि ल्याउन सकिने र उपभोक्तालाई यसको फाइदाबारे जानकारी दिन सकिने हो भने पिडालुको बजार सहज हुन्छ । बिशेष गरि पिडालुको डाठ, पात र गानो तीनै कुरालाई तरकारीको रुपमा बजारमा बेच्न सकिन्छ । त्यसो त बिक्रि नहुने खालको डाठ पशुपालन गर्नेहरुले पानीमा पकाएर पशुलाई खुवाउन सक्छन् । त्यस्तै पिडालुको प्रयोग कालो दाललाई बाक्लो बनाएर दैनिक खानामा थप पौष्टिक आहार युक्त बनाउन सकिन्छ । आम उपभोक्ताले दैनिक खानामा दालको प्रयोग गर्ने हुँदा हतारको समयमा दालसंगै पिंडालु काटेर कुकरमा २/३ सिट्ठी लगाईदिने हो भने तरकारीको समेत काम गर्छ ।


- तश्वीर: कृष्ण प्र. काप्री 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ