२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

२०७७, २० कार्तिक बिहीबार ०९:५१

कार्तिक २०, टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब रु डेढ लाख बराबरका दुहुनु भैँसी किनेर व्यावसायिक रुपमा दूध बिक्री गर्न थालेका छन् । 

पहिले भैँसीको दूध खान बजार पुग्नु पर्ने अवस्था रहेकोमा अहिले घरघरै दुहुनु भैँसी भएपछि कृषकलाई दहीमहीको समेत दुःख छैन । गाउँका २० वटा भैँसीबाट दैनिक करिब १०० लिटर दूध बिक्री हुन थालेको स्थानीय सयपत्री कृषि तथा पशुपालन समूहका अध्यक्ष क्षेत्रबहादुर आलेमगरले बताउनुभयो । मगरका अनुसार दूध खरिद गर्न स्थानीय व्यापारी अटोगाडी लिएर घरघरमै पुग्छन् । भैँसीको दूध प्रतिलिटर रु ६० देखि रु ७० सम्म बिक्री हुने गरेको कृषकहरुको भनाइ रहेको छ । दूध विक्रीबाट गाउँमा मासिकरुपमा करिब रु दुई लाख भित्रिने गरेको कृषक कृष्णबहादुर आलेमगरले बताउनुभयो ।  

तरकारीखेती, फलफूलखेती, बाख्रापालन, कुखुरापालन, मौरीपालनलगायत जुनसुकै कृषिकर्म अपनाए पनि व्यावसायिक रुपमा गर्ने गरेका जगडाँडाका कृषकको मेहनत देखेर थाहा नगरपालिकाले सो गाउँमा व्यावसायिक भैँसी पालनका लागि रु १० लाख विनियोजन गरेको थियो । कृषकको लगानी र कृषि विकास बैंकको ऋणसहित करिब रु ३० लाखको दुहुनु भैँसी गाउँमा भित्रिएको स्थानीय समाजसेवी एवं कृषक प्रेमबहादुर आलेमगरले बताउनुभयो । 

कृषकले छिमेकी धादिङ जिल्लाको धार्के क्षेत्रबाट आफैँले छानीछानी भैँसी किनेर ल्याएका हुन् । नयाँ व्यवसायको रुपमा कृषक भैँसीपालनतर्फ आकर्षित भएपछि अब उनीहरुलाई व्यावसायिक तालीमको आवश्यकता रहेको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख रुपेशकुमार मिश्रले बताउनुभयो । उहाँले एक÷एक जना गोठालोसहित सबै भैँसीको पशुबीमा गरिएको पनि जानकारी दिनुभयो । भैँसीको पशुबीमा नगरपालिकाले नै गरिदिएको हो । 

नगरपालिका कार्यालयको सहजीकरण र सहयोगमा कृषकको गोठगोठमा दुहुनु भैँसी भित्रिएपछि अहिले स्थानीय कृषकहरुको दिनचर्या फेरिएको छ । उत्पादित दूध सहजरुपमा बिक्री हुन थालेपछि बजारको समस्या नरहेको र भैँसीको स्याहारमै दिन बित्ने गरेको कृषक बताउँछन् । 

चालु आर्थिक वर्षको शुरुमै जगडाँडालाई भैँसीको पकेट क्षेत्र बनाउन सफल भएकोमा अब कृषकलाई भैँसीपालन व्यवसायमा कसरी ‘भ्यालु एड’ गर्न सकिन्छ भनेर सोचिरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । आगामी वर्ष पशु सेवा शाखार्मात थप तालीम, गोठ सुधार तथा पौष्टिक आहार व्यवस्थापनका कार्यक्रमहरु सचालन गरिने उहाँले बताउनुभयो । अहिले दुई फेस लाइनबाट विद्युतीकरण भएको गाउँमा तीन फेस लाइनबाट विद्युत् पुर्याउन सके आगामी दिनमा गाउँमै दूग्ध चिस्यान केन्द्र स्थापना गर्ने तयारी रहेको पशु सेवा शाखाले जनाएको छ । कार्यालयले कृषकलाई भैँसीका लागि दाना तयार पार्न प्रयोग गरिने औजार (च्यापकटर)  पनि उपलब्ध गराउने योजना बनाएको छ । प्रजनन्का लागि नगरपालिकाकै सहयोगमा कृत्रिम गर्भाधान गराइने कार्यालयले जनाएको छ । 

दुहुनु भैँसीबाट ५–६ महिना पछि विस्तारै दूध कम हुन थाल्ने र छोड्ने भएकाले बाँकी समयमा आयआर्जनको व्यवस्था गर्न कृषकले भैँसीसँगै बाख्रा पालन व्यवसायलाई पनि अघि बढाउने भएका छन् । कृषकले गठन गरेको सयपत्री कृषि तथा पशुपालन समूहले बुधबार उन्नत बोयर जातको व्याडको बोकासमेत खरिद गरेको छ । “भैँसीको दूध नहुने समयमा खसी–बोका बिक्री गरेर आम्दानी लिने योजना छ”, समूहका अध्यक्ष मगरले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै