२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा धान उत्पादनमा वृद्धि

१० मंसिर २०७७, बुधबार ०८:१८

मङ्सिर १०, रामपुर । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिनुभयो । जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २२३ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष कूल जग्गाको ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो भने यो वर्ष ९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यहाँ ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

धान उत्पादन बढेपछि पाल्पाका किसान उत्साहित भएका छन् । समयमा नै पानी परेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढेको किसान भगवती पाण्डेय बताउनुहुन्छ । “धान रोपेपछि हरियो हुन नपाउँदै खेत धाँजा फाटेर हैरान हुन्थ्यो, यस पटक रोप्न पनि सजिलो भयो र सिँचाइका लागि पानी प्रशस्त पुग्यो”, उहाँले भन्नुभयो । अघिल्ला वर्षमा धान रोपेर सिँचाइ गर्न नपाउँदा निकै समस्या भोगेका किसानलाई यो वर्ष उत्पादन बढेपछि खुशी भएका छन् । खेतमा सिँचाइ गर्ने समयमा पानी परेपछि सजिलोसँग धान स्याहार्न पाएको किसान सीता भुसालले बताउनुभयो ।

हाइब्रिड, उन्नत् जातको धान, समयमा नै वर्षा पर्नु, आधुनिक प्रविधिको प्रयोग र यसवर्ष कोभिड–१९ कारण युवा जनशक्ति गाउँमै रहेकाले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । जिल्लाको रामपुर, माडीफाँट, दोभान, अर्गली, हुँगीलगायत क्षेत्र धान उत्पादनको पकेटक्षेत्र छ । किसानले हाइब्रिड, सावित्री, गोरखनाथ, युएस ३१२ लगायत धान लगाएका छन् । यसवर्ष समयमा वर्षा परेकाले टारीखेतमा पनि धानको उत्पादन राम्रो भएको छ ।

आव २०७१/७२ मा ३० हजार २६५ मेट्रिकटन, २०७२/७३ मा ३३ हजार ८९६ मेट्रिकटन, २०७३/७४ मा ३५ हजार ८२ मेट्रिकटन, आव २०७४/७५ मा ३६ हजार ४८५ मेट्रिकटन उत्पादन भएको छ । पछिल्ला वर्षको अवधिको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै धान यसवर्ष वृद्धि भएको पाइएको छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकोले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगेपनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा किसान आत्मनिर्भर बनेका छन् । समथर भूमिमा घर–घडेरी धमाधम बन्ने क्रम भएकाले उत्पादन क्षेत्र कम हुन थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला