२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा धान उत्पादनमा वृद्धि

२०७७, १० मंसिर बुधबार ०८:१८

मङ्सिर १०, रामपुर । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिनुभयो । जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २२३ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष कूल जग्गाको ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो भने यो वर्ष ९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यहाँ ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

धान उत्पादन बढेपछि पाल्पाका किसान उत्साहित भएका छन् । समयमा नै पानी परेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढेको किसान भगवती पाण्डेय बताउनुहुन्छ । “धान रोपेपछि हरियो हुन नपाउँदै खेत धाँजा फाटेर हैरान हुन्थ्यो, यस पटक रोप्न पनि सजिलो भयो र सिँचाइका लागि पानी प्रशस्त पुग्यो”, उहाँले भन्नुभयो । अघिल्ला वर्षमा धान रोपेर सिँचाइ गर्न नपाउँदा निकै समस्या भोगेका किसानलाई यो वर्ष उत्पादन बढेपछि खुशी भएका छन् । खेतमा सिँचाइ गर्ने समयमा पानी परेपछि सजिलोसँग धान स्याहार्न पाएको किसान सीता भुसालले बताउनुभयो ।

हाइब्रिड, उन्नत् जातको धान, समयमा नै वर्षा पर्नु, आधुनिक प्रविधिको प्रयोग र यसवर्ष कोभिड–१९ कारण युवा जनशक्ति गाउँमै रहेकाले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । जिल्लाको रामपुर, माडीफाँट, दोभान, अर्गली, हुँगीलगायत क्षेत्र धान उत्पादनको पकेटक्षेत्र छ । किसानले हाइब्रिड, सावित्री, गोरखनाथ, युएस ३१२ लगायत धान लगाएका छन् । यसवर्ष समयमा वर्षा परेकाले टारीखेतमा पनि धानको उत्पादन राम्रो भएको छ ।

आव २०७१/७२ मा ३० हजार २६५ मेट्रिकटन, २०७२/७३ मा ३३ हजार ८९६ मेट्रिकटन, २०७३/७४ मा ३५ हजार ८२ मेट्रिकटन, आव २०७४/७५ मा ३६ हजार ४८५ मेट्रिकटन उत्पादन भएको छ । पछिल्ला वर्षको अवधिको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै धान यसवर्ष वृद्धि भएको पाइएको छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकोले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगेपनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा किसान आत्मनिर्भर बनेका छन् । समथर भूमिमा घर–घडेरी धमाधम बन्ने क्रम भएकाले उत्पादन क्षेत्र कम हुन थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने