२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धान बेच्न पालो कुर्दै किसान

१५ मंसिर २०७७, सोमबार ०८:०३

वीरेन्द्र कर्ण । मङ्सिर १५, वीरगञ्ज । सङ्घीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजार भाउ भन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आएर आफूले उत्पादन गरेको धान बेचेर खुशी हुनुभएको छ ।

यसैगरी बारा धर्मपुरका किसान गगनदेवप्रसाद यादवले सो कार्यालयलाई धान बेचेर एकमुष्ठ रकम पाएपछि उहाँको खुशीको सीमा रहेन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले यही मङ्सिर ११ गतेदेखि धान खरिद गर्न थालेपछि बारा र पर्साका किसान अहिले आफ्नो पालो कहिले आउछ भनेर पर्खिएर बसेका छन् । 

यसपाली सङ्घीय सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारी भन्दा सोना मन्सुली धान आठ प्रतिशत बढी खरिद मूल्य तोकेपछि किसानले आफूले उत्पादन गरेको धान खाद्य व्यवस्था कम्पनीलाई धान बेच्न किसानको लर्को लागेको छ । 

यसवर्ष सङ्घीय सरकारले सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ८८५ र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ९०० मा खरिद गर्ने मूल्य तोकेपछि बारा पर्साका किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न पाएको पर्सा बैरियाविर्ताका किसान अवधेशप्रसाद गुप्ताले राससलाई बताउनुभयो । 

धानको बोरा बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान बिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरिद गर्न थालिएको छ । कार्यालय प्रमुख विकास कटुवालले भन्नुभयो, “यस वर्ष राम्रै मूल्य पाएकै कारण सोचे भन्दा बढी किसान धान बेच्न आउने गरेका छन् ।” यसवर्ष सोना मन्सुली धान तीन हजार मेट्रिकटन र जिरा मसिनो धान ५०० मेट्रिकटन खरिद गर्ने लक्ष्य लिइएको छ । सरकारले यसवर्ष धान खरिदको समर्थन मुल्य बढाएपछि बारा र पर्साका किसान निजी गल्ला व्यापारीलाई धान नबेची संस्थानलाई धान बेच्न आउने गरेका छन् । 

सरकारले दिएको लक्ष्य अनुसार यसवर्ष रु आठ करोड ६५ लाख ५० हजार मूल्य बराबरको तीन हजार मेट्रिकटन सोना मन्सुली धान र रु एक करोड ४५ लाख मूल्य बराबरको ५०० मेट्रिकटन जिरा मसिनो धान खरिद गर्ने लक्ष्य राखेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताउनुभयो । 

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरिद गर्न थालेको छ । कार्यालयले धान खरिद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशत भन्दाबढी मिसावट नभएको  र पाँच प्रतिशतसम्म बिगे्रको धान खरिद गर्ने गरेका छन् । सो कार्यालयले धान खरिद गर्दा किसानको नागरिकता वा लालपूर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिस गरेको प्रतिलिपि भएमात्र धान खरिद गर्ने गरेको छ । 

त्यस्तै धान बेच्न आउने किसानले आफु किसान हुँ, कार्यालयलाई धान बेचेको भनेर घोषणा पत्रमा हस्ताक्षरसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षभन्दा यसवर्ष आठ प्रतिशतले बढी भएको छ भने जिल्ला प्राथमिक खरिद समितिले तोकेको जिरा मसिनो धानको मूल्य गत वर्ष भन्दा यस वर्ष सात प्रतिशतले कम छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु