२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कोरियाबाट फर्केर एक करोडको लगानीमा पशुपालन र रेष्टुरेन्ट सञ्चालन

२३ बैशाख २०७८, बिहीबार ०६:००

वैशाख  २३, गलेश्वर (रासस)। म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको हो ।

रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको लगानीमा गाईभैँसी पालन शुरु गर्नुभएको छ । गत सालदेखि गाईभैँसी पालन शुरु गर्नुभएका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैँसी छन् । गाई र भैँसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताउनुभयो ।

गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उहाँले गाईभैँसीपालन शुरु गर्नुभएको थियो । रावलले अहिले रु ५० लाखको लगानीमा पशु फार्म नजिकै रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको बताउनुभयो । आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य  अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट सञ्चालन गर्न थालेको बताउनुभयो । रेष्टुरेन्ट सञ्चालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन् । यसमा उहाँले रावलले ५० लाख लगानी गर्नुभएको छ । “रु ५० लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरेँ, अहिले होटल पनि सञ्चालन गर्नुपर्यो भनेर रु ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ”, रावलले भन्नुभयो ।  

वर्षौँदेखि बाँझो पल्टिएको आफ्नो जमीनमा उहाँले पशु फार्म र रेष्टुरेन्ट सञ्चालन गर्नुभएको हो । बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइरहेको छ । विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएका उहाँले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताउनुभयो ।

रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताउनुहुन्छ । “युवाहरुले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेशतिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ”, उहाँले भन्नुभयो ।

दूध बेचेरै मासिक रु एक लाख कमाउँदै आउनुभएका रावलले समयको मागलाई चिनेर राम्रोसँग व्यवसाय गर्न सक्ने हो भने आफ्नै गाउँठाउँमा विदेशमा भन्दा बढी कमाइ गर्न सकिने बताउनुभयो । 

विदेश जाने भनेर हुरुक्क नहुन पनि रावलले युवा पुस्तालाई आग्रह गर्नुभयो । “महामारी होस् वा अन्य कुनै विपत्ति, आखिर फर्किनु पर्ने त आफनै गाउँमा हो”, उहाँले भन्नुभयो “अप्ठ्यारो पर्दा मात्र होइन, जोश, जाँगर, उमेर र वर्गत छँदै आफ्नो माटोको सुगन्धलाई चिन्न सक्नु पर्दोरहेछ । नत्र पछि पछुताउनुको विकल्प हुँदोरहेनछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान