पुस १९,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धानको उत्पादन कम हुँदा किसान निरास

१९ पुष २०७८, सोमबार ११:०१

पुस १९,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि बालीमा दाना पलाउने बेला देखिएको किराको प्रकोप र बेमौसमी वर्षाले पु¥याएको नोक्सानीका कारण अपेक्षित उत्पादन हुन नसक्दा किसान निरास भएका हुन् ।

पर्सा जिल्लामा विशेषगरी चैते, अगहनी, भदैयालगायत प्रजातिका धान रोप्ने गरिन्छ । यस वर्ष बेमैसमी वर्षा र किराको प्रकोपका कारण धान उत्पादनमा कमी आउँदा किसान निरास भएको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाह बताउनुहुन्छ ।

असार महिनाको सुरुदेखि नै मौसमले साथ दिएका कारण यस वर्ष धानको बाली अत्यन्त राम्रो देखिएको र उत्पादन पनि गत वर्षभन्दा धेरै राम्रो हुने अपेक्षा गरिए पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र खैरो फड्के किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

गत वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा प्रतिहेक्टर ४.८५ मेट्रिकटनको औसतले दुई लाख २८ हजार ५६० मेट्रिकटन उत्पादन भएको थियो । त्यसको तुलनामा यस वर्ष ४७ हजार १३० हेक्टर क्षेत्रफलमा भएको रोपाइँबाट प्रतिहेक्टर ४.९४ मेट्रिकटन औसतले दुई लाख ३३ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साका अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

उहाँले गत वर्ष पर्सामा ३५ हजार हेक्टर अगहनी, तीन हजार ५०० हेक्टर चैते र आठ हजार ५५० हेक्टर भदैया रोपिएको थियो । यस वर्ष अगहनी ३५ हजार २० हेक्टर, चैते ३ हजार ५५० हेक्टर र भदैया आठ हजार ५६० हेक्टर भएको उहाँले बताउनुभयो ।

गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिकटनको औसतले एक लाख ६६ हजार २५० मेट्रिकटन अगहनी, ५.१ मेट्रिकटन प्रतिहेक्टरको औसतले १७ हजार ८५० मेट्रिकटन चैते र ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४४ हजार ४६० मेट्रिकटन भदैया धानको उत्पादन भएको अधिकृत कुर्मीले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष असार महिनाको सुरुदेखि आकासे पानी परेका कारण धानको बिरुवा राम्ररी पलाएको र उत्पादन पनि राम्रो हुने किसानले आसा गरे पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको बताउनुभयो । ४.८ मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ६८ हजार ९६ मेट्रिकटन अगहनी, ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले १८ हजार ८१५ मेट्रिकटन चैते र ५.४ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४६ हजार २२४ मेट्रिकटन भदैया धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने