पुस १९,हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यट"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मकवानपुरमा रैथानेबाली प्रवद्र्धन कार्यक्रम सुरु

२०७८, २१ पुष बुधबार ०८:१२

पुस १९,हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यटनलाई कृिषसँग जोड्दै कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँपालिकाको कार्यालयले पालिकाभित्र सञ्चालित होटल, घरवास (होमस्टे), रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउनको लागि तालिम दिन सुरु गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम सङ्घीय सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो । प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले पालिकालाई दूध, तरकारी तथा अन्नबालीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि गाउँपालिकाले गाउँपालिकामा रहेको सहकारीमार्फत किसानको कृषि उपज( तरकारी तथा फलफूल ) सङ्कलन र बजारीकरणको सुरुआत गरेकोे छ । यसको साथै गाउँपालिकाले किसान क्रेडिटकार्डलगायतका विभिन्न नमूना कार्यक्रम कार्यान्वयनमा  ल्याएको छ । 

सहकारीमार्फत अनाज खरिदबिक्रीको कार्य गत आर्थिक वर्ष २०७७÷७८ बाटै सुरुवात गरिएकोमा चालू आब मा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उहाँको भनाइ  छ । 

गाउँपालिकाभरिमा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् । रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गतको तालिममा सहभागिताका लागि गाउँपालिकाले किसानलाईआग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा