पुस २७, रासस | तीन वर्षअघि  निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

त्यहाँस्थित  हरिया बोटमा लटरम्म  फलेको छ कागतीले मानिस झुक्किन्छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रासस | तीन वर्षअघि  निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

त्यहाँस्थित  हरिया बोटमा लटरम्म  फलेको छ कागतीले मानिस झुक्किन्छन् "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कागती खेतीबाट मनग्य आम्दानी

२७ पुष २०७८, मंगलवार ०९:४८

पुस २७, रासस | तीन वर्षअघि  निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

त्यहाँस्थित  हरिया बोटमा लटरम्म  फलेको छ कागतीले मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीयवासी गाउँले पनि कागतीखेती हेर्न पुग्ने गरेका छन् । 

ती पौरखी किसान हुन्– गढवा –३ गोबरडिहाका ३४ वर्षीय युवा अञ्जित चौधरी । उहाँले व्यवासायिक रुपमा गर्नुभएको उन्नत जातको कागतीखेतीले उहाँको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ । 

उहाँले ‘डिएण्डके’  सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागतीखेती गर्न थाल्नुभएको छ । विसं २०७४ मा उहाँले यहाँको १० बिघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरुमा २० लाख रुपैयाँ लगानी गरेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको जानकारी दिनुभयो 

उहाँले १० बिघा जमिनमध्ये साढे ६ बिघामा कागती खेती गर्नुभएको छ, भने अन्य जमिनमा रेशमखेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका बिरुवा खरिद गरी खेती थालेको उहाँको भनाइ छ । 

सो जग्गाको वार्षिक रुपमा रु दुई लाख भाडा तिर्नुहुन्छ । उहाँले अहिले दुई जनालाई पूर्ण रुपमा र सात जनालाई आंशिक रुपमा रोजगारी दिइरहनुभएको छ । उहाँले भन्नुभयो, “तीन वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि सुरुको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । गतवर्ष राम्रो आम्दानी भयो ,यसपटक हालसम्म अर्थात पुस १५गतेसम्म ३५ क्वीन्टल बिक्री गरिसकेको अझै कागती बाँकी छन् ।

अहिले दैनिक बुटाबाट नै ५० देखि ६० किलोसम्म कागती बिक्री गरीरहेको छु । अहिले उहाँले प्रतिकेजी कागती रु १०० मा विक्री गरिरहनुभएको छ ।“बाबु बाजेले  धान, मकै, गहुँखेती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । मैले पनि अहिले क्याम्पसमा पढदै र परम्परागत खेतीले आम्दानी धेरै नहुँने हुँदा यो पेशालाई रोजेको छु, सफल पनि भएको छु ,” उहाँले भन्नुभयो ।

उहाँले कागतीे खेतीलाई  आवश्यक पर्ने सिँचाइ र रोग लागेमा  दक्षप्राविधक र कीटनाशक औषधिको प्रयोगबारे जानकारी तथा सहयोग गरीदिन सरकारलाई आग्रह गर्नुभयो । यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गढवा गाउँपालिकाले रु  तीन लाख र कृषि ज्ञान केन्द्र घोराहीले रु दुई लाख अनुदान उपलव्ध गराएको जनाइएको छ ।

गतवर्ष कोरोना महामारीका बेला उत्पादन गरेको कागतीलाई बजारको कुनै समस्या नभएको ग्राहक बोटमै  आउने प्रति किलो रु १५० सम्म हालेर लिने गरेकोसमेत बताउनुभयो । उहाँको कागती फार्म यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले  सञ्चारकर्मी, सर्वसाधारण, किसान र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिस आउने  गरेको समेत उहाँले बताउनुभयो । 

उहाँको कागती बगैँचामा भेटिनुभएका तुलसीपुर उपमहानगरपालिका–१० स्थायी घरभई हाल गोबरडिहामा डेरागरी बस्ने तेजप्रसाद शर्माले आफू चौधरीले गरेको कागतीखेती देखेर निकै उत्साहित भएको बताउनुभयो । शिक्षण पेशा गदै आउनु भएका २७ वर्षीय उहाँले भन्नुभयो, “म यहीँ नजिकैको गाउँमा बस्छु प्रायः बेलुकी घुम्न कागती बगैँचामा  नै आउने गरेको छु ।”

किसान चौधरीले नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई  मात्र यहाँ उत्पादन हुने भन्ने केही वर्ष पहिले एउटा समाचार पढेकोले आफूलाई यसखेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको बताउनुहुन्छ । 

पूर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागतीखेती अवलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर यो खेतीमा लागेको उहाँको भनाइ छ । चौधरीले कृषि प्रधान हाम्रो देशमा यहाँ कृषिका अत्यन्तै राम्रो सम्भावना र यही माटोमा मेहनत गरे मनग्गे आम्दानी गर्न सक्ने बताउनुहुन्छ ।  

उहाँले यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र कागती प्रशोधन केन्द्र खोल्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । त्यस्तै कागती भण्डारण गर्नको लागि कोल्डस्टोर नहुँदा समस्या हुने गरेको समेत बताउनुभयो ।

उहाँले वर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमूलक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमूलक काममा लगाउनुपर्ने सुझाव दिनुभयो । यसको लागि अनुदानमा ऋण, कीटनाशक औषधि, बीउबीउ, मल, सिँचाइको व्यवस्था गरिनुपर्ने उहाँको सुझाव छ । त्यस्तै सीपमूलक कृषि कार्यक्रम दिनुपर्छ भन्नुहुन्छ उहाँ । ती विदेशिने युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालन ल्याउन सके ती युवाले स्वदेशमा नै राजगारी पाउनसक्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला