१६ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मकै जोन कार्यक्रमबाट किसान उत्साहित

३० पुष २०७८, शुक्रबार ०८:५४

पुस ३०, फुङ्लिङ | ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहनुभएको छ ।

जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ । पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।

यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५÷७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाका ३९ वडामा यो कार्यक्रम लागू गरिएको छ । अलैँची जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । 

उक्त क्षेत्रमा गरिएको अलैँची खेतीबाट ७३०.५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ बुधबारको विनिमयदर मौसम :तराईमा हुस्सु, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले यी १२ शर्त पूरा नगरे १ करोडसम्म जरिवाना क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती धरौटी बदर गर्न माग गर्दै रविले दिएको निवेदनमा कैफियत प्रतिवेदन माग्‍ने आदेश भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम मन्त्रिपरिषद् बैठक जारी काठमाडौंबाट धनुषा आइरहेको बसमा एक यात्रु मृत फेला अमेरिकामा सोमबार मात्रै १७ सय ४९ अवैध आप्रवासी पक्राउ हमासले रिहा गर्ने ३३ बन्दीमा ८ जना पहिल्यै मरिसकेको तथ्य सार्वजनिक