माघ ४, तनहुँ | सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, तनहुँ | सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तलाका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

४ माघ २०७८, मंगलवार ०६:३०

माघ ४, तनहुँ | सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो । 

भाइरस देखिएका सुन्तलाका बिरुवा हटाएर स्वस्थ बोट मात्रै राखिएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो । उक्त क्षेत्रमा लगाइएका सुन्तलामा दाना ठूला र रसिला हुने गरे पनि रोगले आक्रमण गर्न थालेपछि हटाउन लागिएको हो । 

सुन्तलाका बोट मर्दै गएपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । जिल्लाको अन्य पालिकाका सम्भावित स्थानमा क्षेत्र विस्तारको काम भइरहेको उहाँले बताउनुभयो । कार्यालयले यस वर्ष ऋषिङ गाउँपालिकाको दुबुङ र अर्चलादी र देवघाटको वडा नं ३ र ४ मा सुन्तला खेती थप गरेको छ । 

जिल्लाको व्यासनगरपालिका–१३ को बेनीकोट, शुक्ला–११ को नाम्सीकोट, म्याग्देको वडा नं १, २ र ३ सहित उमाचोक, आँबुखैरेनी–२ को बरादीमा सुन्तला ब्लक कार्यक्रम भइरहेको छ । कार्यक्रमअन्र्तगत बर्सेनि ब्लकले सुन्तलाका बिरुवा उत्पादनसहित क्षेत्र विस्तार गरी लगाएको हुनुपर्छ । उहाँले भन्नुभयो, “सुन्तलाको खेती  विस्ताका लागि यस वर्ष रु १२ लाख ५० हजार बजेट विनियोजन भएको छ ।” सहकारी तथा समूहले प्रस्ताव पेस गरेपछि ब्लकलाई आवश्यक पर्ने रोग नियन्त्रणका लागि औषधि, सिँचाइ, तालिम, आवश्यक कृषि औजार लगायतका सीप र सामग्री कृषि ज्ञान केन्द्र तनहुँले सहयोग गर्ने गर्दछ । एउटा सुन्तला ब्लकमा १०० देखि २५० सम्म सुन्तला किसानहरु आबद्ध रहेको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान