२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

२०७८, १० माघ सोमबार ०७:११

माघ १०, चितवन | कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आवको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको सङ्ख्या बढेको छ । उहाँले भन्नुभयो, “यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ यसले कृषकलाई आकर्षित गर्यो ।” 

गहुँ लगाउने किसानहरु तोरीखेतीतर्फ आकर्षित भएका कारण तोरीखेती गर्ने किसान बढेको र छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक आकर्षित भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तोरी खेती गरे पछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।”

अघिल्लो वर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् । जङ्गली जनावरले खासै नोक्सान नपुर्याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन । उहाँले भन्नुभयो, “तोरी बालीलाई हात्ती, गैँडा र चित्तलले खासै मन नपाउने भएकाले यसतर्फ कृषक बढ्दै गएका छन् ।”

माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ । त्यसअघि गहुँ खेती गर्ने उहाँ जङ्गली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माइतीले तोरी लगाउन सल्लाहा दिएपछि यो खेती गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ  ।” उहाँले अहिले एक बिघा क्षेत्रफलमा तोरी खेती गर्दै आउनुभएको छ ।

अहिले माडीको वडा नं ३ वैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरीखेती गरिएको छ । निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण बढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षति नपुर्याउने बालीको रुपमा तोरीखेती गरिएको हो ।” उहाँले अहिले १२ कट्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आउनुभएको छ । यहाँका कृषक अहिले समूहगतरुपमा तोरी खेती गर्दै आएका छन् । समूह निर्माण गरेर तोरी खेती गर्नेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

अहिले यस क्षेत्रमा मात्रै २०० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र चितवनबाट प्रथम वर्ष सञ्चालन गरिएको तोरी ब्लकको कार्यक्रमले समेत कृषकलाई यस खेतीतर्फ आकर्षण बढाएको उहाँले जानकारी दिनुभयो । चितवनमा मोरङ–२, प्रीति, प्रगति र चितवन स्थानीयजस्ता जातका तोरी लगाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला