२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘बिचौलिया नियन्त्रणका लागि लाइसेन्स आवश्यक’:-ज्वालाकुमारी साह

२०७९, २१ माघ शनिबार १२:२०

माघ २१, चितवन | कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ । 

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो आज यहाँ आयोजित साधारणसभा तथा अधिवेशनमा बोल्दै उहाँले कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकारले कडाइ गर्ने बताउनुभयो । किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उहाँको भनाइ छ । 

कृषिमा भएको लगानीअनुसार मूल्य नपाउँदा युवा विदेशिनु परेको भन्दै उहाँले यसको नियन्त्रणका लागि आफ्नै माटोमा रमाउने खालका कार्यक्रमहरु ल्याउने योजनामा सरकार रहेको बताउनुभयो । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उहाँको भनाइ छ । 

उहाँले चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै समस्या समाधानका लागि सरकार तयार रहेको र यस विषयमा प्रधानमन्त्रीले समेत चासो दिनुभएको जानकारी दिनुभयो । “वास्तविक समस्या के हो भन्ने बुझेर रिपोर्टसहित ल्याउन प्रधानमन्त्रीको निर्देशन छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, किसान सङ्घका केन्द्रीय अध्यक्ष गणेश तिमिल्सिना, नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी सङघ चितवनका अध्यक्ष किशोर वगाले, समाजका अध्यक्ष आनन्द न्यूरे, सल्लाहाकार भेषराज पाण्डे, समाजका पवबक्ता हरि अधिकारीलगायतको सहभागिता थियो । 

माघ २३ सम्म सञ्चालन हुने अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन हुनेछ । समाजको ३२ जिल्लामा शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै