७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमाले अध्यक्ष केपी वलीले गरे पशुफर्मको अवलोकन

४ आश्विन २०७३, मंगलवार ०५:१५

असोज ४ पोखरा । एमाले अध्यक्ष केपी शर्मा वलीले पोखरामा युवा ब्यवशायी द्धारा सञ्चालित पशुफर्मको अवलोकन गरेका छन । 

वलीले युवा ब्यवशायी तथा समाजसेवी राजेश गुरुङले पोखरा १४ बी.पी मार्गमा सञ्चालन गरेको माता मनकामना पशु फर्मको सोमबार अवलोकन गरेका हुन ।

उक्त फर्मको अवलोकन गर्दै युवा पुस्ताले आफ्नो पुख्र्यौली पेशा पशुपालनलाई आधुनिक ढंगले सञ्चालन गरेर युवाहरुलाई पशुपालन तर्फ आकर्सित गराउन सफल भएको वताए । आधुनिक ढंगले नेपालमानै पसुपालनको क्षेत्रमा लगानी गर्न सकेको खण्डमा मुलूकले बाहिरी देशबाटपशुबाट उत्पादन हुने बस्तुहरु आयात गर्नमा कमी हुने र मुलूकको अर्थ ब्यवस्था पनि राम्रो हुने वताउदै पुर्व प्रधान मन्त्री समेत रहेका वलीले अन्य युवाहरुले पनि राजेश गुरुङ जस्तो युवा बाट पाठ सिक्नुर्ने वताए ।

मुलूकमा अझैपनि पुरानै ढंगबाट पशुपालन गर्ने गरिरहेको वताउदै पशुपालनलाई अवका दिनमा आधुनिक ढंगले सञ्चालन गरी मनग्य फाइदा लिन सकिने वलीले वताए । पशुपालन आफैमा गा¥हो भएतापनि आधुनिक ढंगले सञ्चालन गर्नेहोभने ग्रामीण भेगमा मात्र नभइ बजारमा पनि यो पेशा सहजै रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण युवा ब्यवशायी राजेश गुरुङबाट पाठ सिक्नुपर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै नेपालकैथुलो भैसी फर्म सञ्चालक कास्कीका इमान सिंङ गुरुङले आफुबाट युवा ब्यवशायी राजेश गुरुङले भैसी पालन प्रति अभिप्रेरित भएको वताए । उनले आफुले गाइपालन भन्दापनि भैसी पालनबाट फाइदा हुने भएकाले भैसी पालनलाई प्राथमिकता दिएको वताए । राजेश गुरुङ जस्ता युवाहरुले भैसी पालनलाई प्राथमिकता दिने होभने विदेशी भुमिमा भन्दा आफ्नै भुमिमा बसेर मनग्य फाइदा उठाउन सकिने उनले वताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे