२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने

२०७३, ५ आश्विन बुधबार १५:११

हेटौँडा,५ असोज

विगत केही दिन देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो । उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिन सम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानी आगामी दिनमा कार्वाही नगर्ने, प्रत्येक मजदुरलाई रु. २ लाखका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्ने जस्ता मागहरु सम्बोधन गर्ने लिखित सहमति गरेको छ । छलफलमा उद्योग संघका अध्यक्ष नवराज अर्याल, मउवासंघका महासचिव महेन्द्र राउत, मजदुरका तर्फबाट जयराम धिताल, रविबाबु मल्ल, लालकृष्ण प्याकुरेल, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा, उद्धवप्रसाद पहाडी, चितबहादुर विश्वकर्मालगायतको सहभागिता रहेको थियो । केही दिन देखि उद्योग बन्द हुँदा आज सम्म करीब ६० करोड रुपैया नोक्सान भएको उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले बताउनु भएकोछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से