२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दायित्व बढेको भन्दै रासायनिक मलमा अनुदान घटाउँदै सरकार

२०७९, २६ फाल्गुन शुक्रबार ०९:५१

फागुन २६, काठमाडौँ | सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो ।

अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पटक-पटक ताकेता गरेर रासायनिक मलमा अनुदान घटाउन भनेको हो । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दै जाँदा सरकारका दायित्व पनि बढेको भन्दै ५० प्रतिशतमा झार्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘मूल्य महँगो पर्दा सरकारको दायित्व बढेको बढेयै भयो । मल पनि समयमै ल्याउन सकेको छैन । जनता र सरकारको ५०/५० प्रतिशत रकम मलमा पर्दा दुबै पक्षलाई मार नहुने देखेर अनुदान घटाउन भनेका छौं’, अर्थ स्रोतले भन्यो ।

उनका अनुसार यो विषय प्रत्यक्ष जनतासँग जोडिएकाले नेताहरुले ज्यादा राजनीतिकरण गर्छन् । लागत बढ्दै जाँदा मल आपूर्तिमा सरकारी लगानी थेग्नै नसक्ने अवस्थामा पुगेको उनको दाबी छ ।

लागत बढेपछि किसानलाई पनि त्यसको हिस्सेदार बनाउने गरी अनुदान कटौती गर्नेबारे छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । मलको मूल्य तोक्न कृषि विकासतर्फका सचिवको संयोजकत्वमा मल संयन्त्र उच्चस्तरीय समिति बनेको छ । सोही समितिले यसबारे निर्णय गर्नेछ ।

सरकारले विगत सात वर्षमा मलमा १ खर्ब बढी अनुदान दिएको कृषि मन्त्रालयको तथ्यांक छ ।

कुन मलमा कति छ अनुदान ?

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले अनुदानको प्रतिशत अन्तर्राष्ट्रिय मूल्यअनुसार थपघट हुने गरेको बताए । उनका अनुसार हाल युरिया मलमा ८० प्रतिशत अनुदान छ । डीएपीमा ६८ प्रतिशत छ । त्यस्तै पोटासमा ६७ प्रतिशत अनुदान पुगेको छ ।औसतमा ७५ प्रतिशत हुने उनले बताए । अन्तर्राष्ट्रिय मूल्य जति नै तलमाथि भए पनि किसानले तिर्ने मूल्य भने निश्चित छ । बढेको मूल्यको भार सरकारले व्यहोर्दै आएको प्रवक्ता पोखरेलको भनाइ छ ।

कृषि सामग्रीले चालू आर्थिक वर्ष २०/२० हजार मेट्रिक टन युरिया र डीएपी मल आयातको लागि सम्झौता भइसकेको जनाएको छ ।

यस्तै थप ३० हजार युरिया मलका लागि भने फागुन २२ मा सम्झौता गरिएको पोखरेलले बताए । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ अनुदानको मललाई छुट्याएको थियो । सरकारले २३ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

योसँगै चालू आर्थिक वर्ष ३ लाख २९ हजार मेट्रिक टन आयात गर्न ३८ अर्ब ५० करोड रुपैयाँ सरकारको ढुकुटीबाट जाँदैछ ।

सात वर्षमा अनुदानको मलका लागि विनियोजित रकम

सात वर्षमा सरकारले मल अनुदानका लागि मात्र १ खर्ब ३ अर्ब ३२ करोड विनियोजन गरेको छ । हरेक वर्ष अनुदान रकम बढ्दै गएको तथ्यांकले देखाउँछ । चालू वर्ष ३ लाख २९ हजार मेट्रिक टन मल आयातको लक्ष्य लिएको सरकारले हालसम्म १ लाख ६० हजार मेट्रिक टन मल आयात गरेको कृषि मन्त्रालयले जनाएको छ ।

चालू आवको धान सिजनका लागि थप ७ अर्ब ७३ करोड स्रोत सुनिश्चित गर्न अर्थमा कृषिले पत्राचार गरेको थियो । फागुन ८ गते स्रोत सुनिश्चितको जानकारी आएको कृषि मन्त्रालयले जनाएको छ । यसको खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।


                                                                                                                                                                                                  स्रोतः कृषि मन्त्रालय


हालसम्म रासायनिक मलको आपूर्तिलाई विश्लेषण गर्दा कुल वार्षिक आयातको ८८ प्रतिशत हिस्सा अनुदानको मलकै देखिन्छ । माग र खपतको अवस्थालाई विश्लेषण गर्दा यो वर्ष ५ लाख २० हजार मेट्रिक टन माग रहने प्रक्षेपण कृषि मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन