हेम चन्द्र राई | भाषा मनको भावनालाई बोलेर, लेखेर, साङ्केतिक पद्धति मार्फत अरुलाई बुझाउन माध्यम हो । भाषा जे जस्तो भए पनि राष्ट्र भाषा र मातृभाषाको महत्त्व "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई | भाषा मनको भावनालाई बोलेर, लेखेर, साङ्केतिक पद्धति मार्फत अरुलाई बुझाउन माध्यम हो । भाषा जे जस्तो भए पनि राष्ट्र भाषा र मातृभाषाको महत्त्व "/>

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बरु नेपाली भाषा सापटी लान सक्छौ तर हिन्दि भाषा चाहिन्न’

६ कार्तिक २०७३, शनिबार ०१:२४


हेम चन्द्र राई | भाषा मनको भावनालाई बोलेर, लेखेर, साङ्केतिक पद्धति मार्फत अरुलाई बुझाउन माध्यम हो । भाषा जे जस्तो भए पनि राष्ट्र भाषा र मातृभाषाको महत्त्व आ-आफ्नै छन । भाषा महत्त्व हरेक क्षेत्रमा उतिकै रहेको छ । 

नेपाल एक बहुजाती, बहुभाषिक र बहुसास्कृतिक मुलुक हो । यहाँ बि.स २०६८ (सन २०११) मा जनगणना अनुसार १२५ जातजाति रहेको छ । १२३ मातृभाषा रहेको छ । हाल संविधान संशोधन गर्ने जारी बहस र प्रक्रिया संगै नेपालमा हिन्दी भाषा राष्ट्रिय भाषामा राख्नुपर्ने भनेर बिबादास्पद बहस जारी रहेको छ । यो बहस संगै नेपालमा हिन्दी भाषा बोल्नेको सङ्ख्या कति रहेको छ ? कति प्रतिशत जनताले हिन्दी भाषा चाहिन्छ भनिरहेका छन ? के हिन्दी भाषा सरकारी भाषामा राख्न कत्तिको उचित र जायज छ त ? यो एउटा आम बुद्धिजीवी, नेपाली जनसमुदायमा गम्भीर बहसको बिषय बनिरहेको छ । नेपालमा नेपाली भाषा आधुनिक कालको सुरुवात १८ औं शताब्दी बाट राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण संगै मुलुकमा सरकारी कार्यलयको कामकाजी भाषाको रूपमा बिस्तार भएको पाइन्छ । त्यो भन्दा पहिले नेपालमा विभिन्न पश्चिमतिर बाइसे राज्य, चौबीसै राज्य, अन्यत्र पुर्व, तराई मधेसमा आआफ्नो भाषा रहेका थिए । जनसंख्याको बाहुल्यताको आधारमा आफ्नो सरकारी कामकाजी भाषाहरु थियो । जनकपुर अञ्चल अन्तर्गत मिथिलाअञ्चल प्रदेशको मैथिली भाषा तत्कालीन समयमा त्यो राज्यको सरकारी भाषा थियो । भने पुर्वमा किराँती राई समुदायमा भाषामा विविधता पाइन्छ । अहिले पनि २५ भाषी किराँती राई हरुले आफ्नो मातृभाषा प्रयोग गर्ने गरेका छन । अन्य समुदाय, लिम्बु, मगर, गुरुङ, तामाङ, थारु समुदायमा आ-आफ्नो छुट्टै मातृभाषा बोलिन्छ तर स्थान अनुसार धेरथोर भाषामा कुनै ठाउँमा मौलिकता प्रयोग कुनै ठाँउमा ठाडो भाषा र नेपाली खस भाषामा मिश्रित गरेर बोलिन्छ । कुनै समुदायमा नेपाली खस भाषाको धेरै प्रयोगले आफ्नो भाषामा बिस्तारै लोप भैरहेको तथ्यांकले देखाउछ । जस्तो मगर जातीको संख्या १८ लाख भन्दा धेरै रहे पनि ११ लाख मगरले आफ्नो भाषा बोल्दैन अर्थात भाषा जान्दैनन् । उनीहरुमा मातृभाषाको लोप भैरहेको एउटा गतिलो उदाहरण हो । योसंगै अन्य राई, लिम्बु, गुरुङ बिशेष गरि पहाडी क्षेत्रमा बस्ने समुदाय शहर उन्मुख बसाइँसराइ, बसोबास, सुविधाजनक स्थानमा बस्ने, अध्ययन, विभिन्न रोजगार, व्यवसायले जाने समुदायका सन्तानमा मातृभाषाको लोप हुँदै गइरहेको अवस्था हो ।

मुलुकमा बि.स. २०६८ (सन २०११) मा भएको जनगणना अनुसार नेपालको तत्कालीन जनसंख्या २६,४९४,५०४ रहेको थियो । जसमा नेपाली भाषा बोल्ने ४४.६ प्रतिशत, मैथिली ११.७ प्रतिशत, भोजपुरी अवधी ६.० प्रतिशत, थारु ५.८ प्रतिशत, तामाङ ५.१ प्रतिशत, नेवार ३.२ प्रतिशत, मगर ३ प्रतिशत, डोटेली ३ प्रतिशत, उर्दु २.६ प्रतिशत, लिम्बु १.३ प्रतिशत, गुरुङ १.२ प्रतिशत, अन्य १२.५ प्रतिशत रहेका छन । यी तथ्यांक अनुसार हिन्दी भाषा बोल्नेको सङ्ख्या यहाँ देखिदैन । अन्यमा पनि राईको २५ मातृभाषा, अन्य अल्पसंख्यक समुदायको मातृभाषा रहेका छन । यो तथ्यांकले बताए अनुसार नेपालमा के हिन्दी भाषा बोल्ने संख्या कति रहेको छ ? किन नेपालमा हिन्दी भाषा सरकारी भाषा चाहियो ? हिन्दी भाषा बोल्ने समुदाय भनेको हिमाल, पहाड, पुर्व पश्चिमको तुलनामा भारतको सिमाना जोडिएको तराईवासी समुदाय जनकपुर, सगरमाथा, नारायणी अञ्चलको समुदाय धेरै रहेका छन । अझै जनकपुर अञ्चलमा रहेको धनुषा, सिरहा, सप्तरी, महोत्तरी जिल्लामा मैथिली मातृभाषा प्रयोग हुन्छ त्यहाँ रहेको जनसमुदायले सरकारी अधिकारीहरु, डाक्टर, वकिल, पुलिस, प्रशासनमा उजुरी, सहयोग, सेवा लिदा दिदा मैथिली भाषा प्रयोग गर्दछन । नेपाली भाषा, हिन्दी भाषा प्रयोग न्युन रहेको छ । बारा, पर्सा, कपिलवस्तु, रुपन्देही, बाके, कैलाली, कंचनपुर, नवलपरासी जिल्लामा थारु, भोजपुरी अवधी भाषाको प्रयोग हुन्छ । त्यहाँ नेपाली भाषा प्रयोग पनि गरिन्छ । स्थानिय समुदायमा मातृभाषाको प्रयोग सरकारी, अस्पताल, वकिल, व्यापारी, भाषा, स्कुलमा पनि बिद्यार्थीहरुलाई राम्रोसँग नबुझ्दा मातृभाषामा बुझाउने, सेवा लिने-दिने हरेक काममा प्रयोग गरिदा उपयोगी र प्रभावकारी रहेको पाइन्छ । नेपाली भाषा राष्ट्रिय भाषाको कुरा लामो इतिहास रहेको छ । जसको उपयोग, प्रयोग पृथ्वीनारायण साहले सुरुवात गरेर यहाँसम्म आएको इतिहास छ । 

अब मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसंगै प्रदेशमा प्रदेशको सरकारी भाषा नेपाली र सजिलोको लागि स्थानिय जनसंख्याको बाहुल्यताको आधारमा मातृभाषा राख्न सकिन्छ तर भारतको राष्ट्र भाषालाई नियोजित वा सुनियोजित तवरले हिन्दी भाषालाई नेपाली राष्ट्रभाषा राख्नुपर्ने कुनै इतिहास, वर्तमानको तुक छैन र आवस्यकता पनि छैन । राष्ट्रियता, स्वाधीनता, मुलुकको राष्ट्रिय अखण्डताको लागि भारतीय भाषा नेपालको सापटी लिनु कुनै व्यवहारिक आवश्यकता पनि छैन । नेपाल एउटा इतिहास देखि नै स्वतन्त्र मुलुक हुनुको नाताले १२३ मातृभाषाबाट राष्ट्रिय भाषा प्रदेशको सरकारी कामकाजीको रूपमा  प्रयोग गर्न सकिन्छ । यदि कुनै समुदाय, मुलुकलाई आवश्यक परे हाम्रो मातृभाषा बरु हामी सापटी दिन सक्छौं तर लिनुपर्ने आवस्यकता कुनै पनि हिसाबले छैन ।

भारतमा हिन्दी भाषाको प्रयोग 

भारत नेपाल भन्दा २२ गुणा ठुलो १३२ करोड जनसंख्या भएको मुलुक हो । त्यहाँको राष्ट्रिय भाषा हिन्दी , अंग्रेज़ी रहेको भए पनि हिन्दी भाषाको प्रयोग ३० प्रतिशत रहेको छ । सन २००१ को तथ्यांकअनुसार हिन्दी ४१ प्रतिशत, बङ्गाली ८.१ प्रतिशत, तेलगु ७.२ प्रतिशत, मराठी ७ प्रतिशत, तामिल (विश्वको सबैभन्दा पुरानो भाषा) ५.९ प्रतिशत, उर्दु ५ प्रतिशत, गुजराती (प्रम नरेन्द्र मोदिको क्षेत्र) ४.५ प्रतिशत, कनाडा ३.७ प्रतिशत, मलयलाम ३.२ प्रतिशत, ओरिया ३.२ प्रतिशत, पन्जावी २.८ प्रतिशत, आसामी १.३ प्रतिशत, मेसिली १.२ प्रतिशत र अन्य भाषामा ५.९ प्रतिशत मातृभाषा बोल्दछन । अन्य भाषामा नेपाली भाषा पनि पर्दछ । भारतमा दार्जीलिङ, सिक्किम, आसाम क्षेत्रमा नेपाली भाषा सरकारी सेवा सुबिधा लिने दिने सबै कार्यमा प्रयोग गरिन्छ । भारतमा १ करोड भन्दा धेरै नेपाली रहेका छन । जहाँ हिन्दी अंग्रेज़ी भाषाको अलावा १४ वटा भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिन्छ । जब ६० प्रतिशत भारतिय जनता हिन्दी भाषा बोल्दनन् । ४० करोड जनतालाई हिन्दी सामान्य बोलचाल पनि आउदैन उनीहरुको मातृभाषा र अंग्रेज़ी भाषा प्रयोग गर्दछन । हिन्दी भाषा भारतको बिहारमा केही प्रतिशत, दिल्ली, मुम्बईमा केही बोलिन्छ । भारतको दक्षिण भेगमा जस्तो तामिलनाडु, हैदरवाद, आसम, नागाल्यान्ड, कर्णाटक लगायत क्षेत्रमा हिन्दी भाषा किताबमा मात्रै सिमित छ । त्यहाँ एउटा शब्द पनि प्रयोग हुदैन बरु मलायलाम, कणाडा, सन्सारको पुरानो भाषा  तामिल र अङ्ग्रेजी भाषा बोलिन्छ । दक्षिण भारतमा प्रान्तको नाम नै भाषिक आधारमा समेत राखिएको छन त्यो क्षेत्रको पहिचान पनि महत्त्व आफैंमा छ । नेपालमा पहिचानको मुद्दा उठिरहेको बेला प्रदेशको नाम अझैसम्म तोक्न सकिएको छैन । तर भारतमा क्षेत्र, जाति, भाषिक आधारमा आफ्नो पहिचान, स्वाधीनता, राष्ट्रियताको महत्त्व आफ्नै छ ।

यो तथ्यांक अनुसार भारतमा नै आफ्नो राष्ट्रिय भाषा प्रयोग गर्दैनन् भने नेपालले किन हिन्दी भाषा राष्ट्रिय भाषा तथा सरकारी भाषा कामकाजको भाषा राख्ने ? दिल्ली, बिहार परास्त राजनीतिको प्रभावले हिन्दी भाषा राष्ट्रिय भाषा राख्नु नितान्त राष्ट्रियता, अखण्डता मुलुकको विरुद्धमा छ । जब हामीले हिन्दी भाषाको कुरा नेपालमा हेर्ने हो भने शहर, बजार र तराईको क्षेत्रमा मात्रै हो सामान्य बुझ्ने र कुराकानी गर्न सक्ने हैसियत तर गाउ, पहाड, हिमाल, केवल लाईन नभएको टेलिभिजन नभएको क्षेत्र धेरै क्षेत्रमा हिन्दी भाषा आउदैनन् । शहरमा हिन्दी गित सुन्ने हेर्ने, हिन्दी फिल्म हेर्ने टेलिसिरियल नियमित हेर्ने क्रियाकलापले हिन्दी भाषामा केही ज्ञान हुनु नराम्रो पक्ष होईन । हामीले हिन्दी बलिवुड फिल्म, टेलिसिरियल राम्रो विश्वमा राम्रो बजार छ भन्दैमा उनीहरुको भाषा प्रति बफादार हुनु एउटा स्वभिमानी नेपाली होईन । नेपाली हुनुको नाताले वीर  गोर्खाली हुनुको गर्वले राज्यको हरेक इतिहासलाई भावी सन्ततिलाई समेतको हस्तान्तरण गर्ने हिसाबले त्यो हाम्रो गिर्दो भारत परास्त राजनीति अन्त गरेर स्वाभिमानको राष्ट्रियता, राष्ट्रिय अखण्डतामा आच आउने काम गर्नु यो देशको माटोले, नेपाल आमाको कसम कसैलाई पनि दिदैन । हामी आफ्नो मातृभाषामा सन्सारमा धनी छौँ । कसैले श्रीमतीले बोल्ने भाषा, कसैले ससुरालीले बोल्ने भाषा स्वाभिमानी नेपाली जनता, समुदायको लागि आवस्यकता छैन । त्यो गम्भीर गल्ती चाहेर पनि कसैबाट नहोस् । यदि भएको खण्डमा इतिहासले त्यो  समुदाय, व्यक्तिलाई कहिले माफी दिने छैन । भाषा एउटा मुलुकको परिचय, पहिचान, इतिहास, मौलिकता, बिकास हो ।

अन्तर्राष्ट्रियमा राष्ट्रिय तथा मातृभाषाको महत्त्व र प्रयोग 

अन्तर्राष्ट्रिय मुलुकको इतिहासलाई हेर्ने हो भने कतिपय मुलुकको राष्ट्र अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीले सार्वजनिक औपचारिक, अनौपचारिक कार्यक्रममा समेत दोभाषे राखेर आफ्नो राष्ट्रिय भाषा प्रतिको मायाँ, जनताको लागि अमर समर्पण, मुलुकको राष्ट्रियता, अखण्डताको लागि प्रयोग गर्दछन । रुसी राष्ट्रपति भ्लदमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिङ पिङ धेरै सार्वजनिक औपचारिक, अनौपचारिक कार्यक्रममा आफ्नो राष्ट्रिय भाषामा भाषण, सम्बोधन गरेको इतिहास छ । त्यो अर्थ होईन कि उनीहरुमा अंग्रेज़ी भाषा बोल्न नजान्ने, राष्ट्रपति हुन लायक मान्छे नभएको होइनन् आफ्नो मुलुकको भाषा, जनता, मुलुक, स्वाधीनता, राष्ट्रियता, राष्ट्रिय अखण्डताको लागी गहिरो समर्पण हो । हिजो सार्वजनिक कार्यक्रममा हाम्रो प्रथम नेपाली महिला सभामुख ओनसरी घर्तीलाई अङ्ग्रेजी भाषा आएन भनेर सामाजिक संजालमा झ्याली पिट्नेको कमि पनि थिएन । उनले एउटा दोभाषे लिनुपर्ने थियो त्यो भएको भए बिशिस्टता झल्कने थियो अवस्य । हाम्रो मुलुकको नेतृत्वकर्ताहरु भारतिय मिडियाले कुनै प्रश्न सोध्यो भने हिन्दीमा नै खरर जवाफ व्यक्त गर्छन् तर चीनिया मिडियाले सोध्यो भने चीनिया मन्दरिम सन्सारमा सबैभन्दा धेरै बोल्ने भाषा प्रयोग गर्छन् त ? अवस्य पनि गर्दैनन् । हो हाम्रो भाषाकि बिकास सस्कृतबाट नै हिन्दी, नेपाली खस बनेर आयो लिपि मिल्छ । रितिरिवाज, धर्म, संस्कार मिल्छ नेपालको राजनीति नै दक्षिण परास्त इतिहास देखि नै आजसम्म भयो झुकाव छ । त्यो हुँदैमा हाम्रो छिमेकी मुलुक भारत मात्रै होत ? उत्तरमा पनि बिशाल ६५ गुणा ठुलो देश छ नि । के अब हामीले चिनिया मन्दरिम भाषा र हिन्दी दुबै भाषा राख्ने अवस्था छ ? अब चीनिया भाषा सरकारी कामचलाउको रूपमा राखौं भनेर बहस गर्दा कत्तिको जायज छ ? पक्कै छैन पनि ।  हाम्रो नेपाली राजनीतिकर्मिमा कतिपय तराईका नेताहरु नेपाली भाषा आएर पनि बोल्दैन र आफ्नो मातृभाषा पनि प्रयोग गर्दैनन् उनीहरु हिन्दी भाषामा आफ्नो सपथ ग्रहण लिने जस्तो कार्य गर्दछन ! यो निकै दु:खद पक्ष हो । हो मधेसी जनतामा नेपाली भाषा केही समस्या छ तर बोल्न नै नआउने होइन र आफ्नो मातृभाषा मैथिली, भोजपुरी, अवधी, उर्दु, थारु भाषा प्रयोग गर्दैनन् तर हिन्दी भाषा जो भारतमा पनि ४१ प्रतिशतले मात्रै बोल्दछन । यहाँ प्रष्ट हुन्छ हामी नेपाली आफ्नो सस्कार, धर्म, मातृभाषा, राष्ट्रियता, राष्ट्रिय अखण्डता प्रति कतिको बफादार छौँ भन्ने कुरा आफैंमा प्रष्ट हुन्छ । म एउटा मधेसी हु । मलाई नेपाली भाषा आउदैन मधेसमा जन्मेको हुर्केको परे भन्दै हिन्दीमा सपथ ग्रहण लिन्छन अनि घरमा गएर भने मैथिली भाषामा बोलचाल गर्छन् चुनावमा मैथिली भाषा आफ्नो मातृभाषामा भोट माग्छन् अनि चुनाव जिते पछि दक्षिणको नुनखानको लागि राष्ट्रिय, स्वाधीनता, अखण्डता पहिचान, आफ्नो समुदायको मातृभाषाको अस्मिता बेचेर उसैको नुनको सोझो कार्य गर्नु व्यवहार देखाउनु जस्तो घृणित कार्य मुलुकको स्वभिमान, स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय अखण्डताको लागि अरु हुन सक्तैन । नेपाली हौं नेपाली भाषा नै हुनुपर्छ सबै प्रदेशमा होईन तर नेपाली भाषा चार शताब्दीको लामो इतिहास भएकोले त्यो भाषा अब चाहेर पनि मानसिक, राजनीतिक हिसाबले मेटाउन सकिदैन । प्रदेशको लागी त्यहाँको जनताले धेरै बोल्ने र प्रयोग गर्ने हिसाबले निर्णय लिन सकिन्छ । मौलिकता, परंरागत, इतिहास देखि पुर्खाले नासोको रूपमा हामिलाई सुम्पेर गएको त्यो मातृभाषा हामीले हाम्रो भावी सन्ततिको लागी सुम्पनु पर्दछ । जसरी हाम्रो पुर्खाले हामिलाई सुम्पेर गए । हाम्रो आयु ५०, ६०, ८०, ९० साल होला सधैं हामीले मात्रै यो मुलुकमा राज गर्ने सपना नदेखौ । हामीले सिकाएका कुरा नै भोलिको हाम्रो सन्ततिलाई मार्गदर्शन हुनेछ ।

अहिले बार्षिक कयौं भाषा गरिबी, नीतिनिर्माण, विभिन्न राजनैतिक, अस्थिर कारणले लोप हुँदै गरेको सयुक्त रास्ट्रसंघले पनि प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार मातृभाषा लोप हुनु भनेको मानव अस्तित्व, पहिचान, राष्ट्रियता, अखण्डता, स्वाभिमानको लोप हुनु हो भनेको छ । त्यसैले नेपालमा हिन्दी भाषा सापटी लिनुपर्ने अहिलेको अवस्था छैन । हामी शीत भाषा मात्रै छैनन् लिपि पनि आफ्नै छन । विश्वमा कतिपय मुलुक शीत आफ्नो भाषा, रितिरिवाज, लिपि, पहिचान नै छैनन् । उनीहरुले अरुको सापटी लिएर आजको दिनमा काम चलाई रहेका छन हामिसित अपरम्पार पहिचान, मातृभाषा, लिपि सबै छन । त्योलाई जोगाएर राख्नु आजको चुनौती हो । किरात राई लिम्बुको आफ्नो किरात लिपि छ । अन्य नेवार, तामाङ समुदायको आआफ्नो लिपि मातृभाषा छन । मैथिली भाषा राजा जनक मिथिलाअञ्चल राज्यको छुट्टै रितिरिवाज, कला, सस्कृती, भाषा, भेषभुषा राखेका थिए किन मधेसी जनताले त्योलाई लात हान्ने लोप बनाउने काम गरिरहेका छन ?

मातृभाषा हाम्रो नेपालको पहिचान हो । परिचय हो । विविधतामा एउटा सुन्दर देश नेपाल हाम्रो अनुपम सस्कार, रितिरिवाज, भेषाभुषाको भण्डार छ । नेपालमा पनि हिजो बोलिने कयैन मातृभाषाहरु लोप भएको तथ्यांकले देखाउछ अब हामीले चाहेर पनि त्यो मातृभाषा जोगाउन सक्दैनौं अर्को कुरा अब हामीले आफ्नो मातृभाषाको बिकास गरौं भनेर गृहकाॠ गर्दा पनि चाहेर पनि त्यो काम सक्दैनौं । ती भाषा हिजो मानव सभ्यताको उत्पत्ति, बिकास संगै आएका हुन । पुर्खाले दिएको नासो हो । बरु लोप हुन सक्छ तर अब हिजो इतिहासमा बोलिरहेका तमाम हाम्रो मातृभाषा तर अझैसम्म हामीले भाषाको मुल्य मान्यतालाई अवमूल्यन गर्ने हो भने दिनदिनै हाम्रो अस्तित्वमा नै आच आउन सक्छ । " भाषा हाम्रो गाउँ, समाज, समुदाय, भूगोल, सस्कार, कला, सस्कृतीको पहिचान, राष्ट्रियता, अखण्डता, स्वाभिमान हो त्यसैले यसको महत्त्व जीवन मृत्युसम्म छ ।" अझैसम्म बैज्ञानिकले मानव सभ्यताको आदिम इतिहास बिकासलाई पुर्णतः अध्यन सकिसकेका छैनन् अझैसम्म उनिहरु कहाँ कस्तो सस्कार छ ? रितिरिवाज छ ? लिपि पुर्खाले छोडेर गएको ऐतिहासिक पुरातन मातृभाषा, वस्तुको खोजि कार्यमा जुटिरहेको अवस्था छ । हामीले हाम्रो लिपि, मातृभाषा, रितिरिवाजलाई जोगाउने हो भने अझैसम्म पत्ता नलगाएका इतिहास मानव सभ्यता, बिकासमा टेवा पुग्नेछ । 

इमेल: [email protected]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना