२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊ जोत्दै जान्छे, हलोको प्रत्येक सिया-सियामा उस्का आँशु खस्दै जान्छन्…

२४ फाल्गुन २०७४, बिहीबार ०४:०७

महेश नेपाली । रातभरी जिउ दुख्यो । अ‍ैठन परिरह्यो । आक्कल-झुक्कल निद्रा लागेकै हो । उस्तो निद्रा परेन । कतिवेला आँखा झिमिक्क हुने । निदाए जस्तो हुने । अनि शरिर दुखेर बिउझने भैरहयो । झिसमिसे उज्यालो हुनै आँटेको हुँदो हो । ठिक त्यति नै वेला ऊ निदाई । ऊ अर्थात साँइली । 

साँइली बिहान अवेर निद्राबाट बिउझी । उस्को निद्रा पुरै हराइसकेको थियो । ओछ्यान छोड्न भने जाँगर चलेको थिएन । जिऊ दुखिरहेको थियो । यता उता पल्टिन खोज्छ शरिर दुख्छ । जहाँ छोइयो त्यहि दुख्छ । जहाँ दबाब पर्यो त्यहि झन् बडि दुख्छ । खुट्टा खुम्च्याउन खोज्छ घुँडा दुख्छन् । यस्सो हात तान्छ, नशा झट्कारिए जस्तो हुन्छ । शरिर तन्काउन खोज्छ झन् बढि सकस हुन्छ । हिजो कामको चाप बढि भयो । सकाउनु पर्ने हतारो थियो । किनभने गोरु आफ्ना थिएनन् । हलो-जुवा आफ्नै थिएनन् । दुई खेतमा गहुँ छरेर तेस्रोको तयारी गर्दै-गर्दा ऊ थाकेर लखतरान परिसकेकी थिई । अझै दुई खेत बाँकी नै थिए । बिहान सबेरैबाट साँझ अबेरसम्म जोतेपछि जसोतसो सकियो गहुँ छरेर ।

राति खाना खाने वित्तिकै पल्टिएकी हो । बिहान अबेर बिउझदापनि शरिर दुखिरहँदा उठ्ने जाँगर चलेन । त्यसैले उठ्न नसकेकी हो । अलि शरिरलाई सजिलो पारेर फेरी पल्टिन्छे । सोच्छे, यति गाह्रो हुनेगरी काम भएछ हिजो । यति सारो काम गर्न नहुने थियो । नगरौं भने पनि नहुने । बल्ल-तल्ल जुटाएको गोरु कामको वेला फेरी गाउँलेले आफ्नो बाली लगाउन छोडेर हामीलाई गोरु नदिने । आ ! जे भयो भै त हाल्यो नि । आखिर काम सकिगो केरे । 

बरु एकछिन निदाउन पाए हुन्थ्यो । यो सोचेर ऊ आफ्नो शरिर फेरी व्यवस्थित पार्न लाग्छे । ओडिरहेको ब्लांकेट मिलाउछे । निद्रा लागिदिए अलि आराम पो हुन्थ्यो कि ? यस्तै सोच्दै मुख छोप्छे । आखाँ चिम्लन्छे । एकछिन केहि नसोचेर निदाउन खोज्छे । शरिर स्थिर बनाउछे । तरपनि निन्द्रा लाग्दैन । निदाउन खुब प्रयास गर्दा पनि निद्रा लाग्दैन । फेरी निदाउन सकिएला र थोरै भएपनि आराम होला भन्ने आश मानेकि साँइलीको आशा एक निमेसमै फुटिजाने पानीको फोका जस्तै हुन्छ ।

उठेर घर बाहिर आउने जाँगर चलेको हुन्न । त्यसैले ओछ्यान मै पल्टिरहेकी हुन्छे । त्यसैवेला उस्को दिमागमा चल्न थाल्छ सम्झनाको पुरानो रिल । सम्झन्छ आफ्नो विगत । घरपरिवार, दिदि बहिनि, आमा, बाबु । बढ्ता बाबुलाई नै सम्झिन्छे । बाबुको व्यवहार सम्झिन्छे । आफ्नो बाध्यता सम्झिन्छे । आमाको मुहार सम्झिन्छे ।

एकदिन साँइली प्लस टु पढेर घर फर्किदै गर्दा उस्की आमा पिडीमा बसेर रोइरहेकी हुन्छिन् । यो देखेर उ हतार-हतार घर आउछे र आमालाई सोध्छे के भयो ? किन रोइरहनु भाछ ? आमा केही बोल्दिनन् । ऊ फेरी सोध्छे झन् बढि रुन्छिन् । बोल्नुस् न के भयो ? रुन छोड्दिनन् । के भयो होला आमालाई यस्सो सोच्छे, दोधारमा पर्छ । पिडी नजिक रहेको पर्खालतिर टाउको घोप्टो पारेर रोइरहेकी हुनाले उस्ले शंका गर्छे कतै पेट पो दुख्यो कि ? उस्ले आमालाई समाएर आफूतिर फर्काउदा आमा उस्लाई अंगालो हाल्दै भक्कानिएर रुन्छिन । बर्बर आँखाबाट आँसु झार्छिन । उसले सम्झाउदै भन्छे- “भयो रुन छोड्नुस, भन्नुस न बरु के भयो ? अब म आइहाले त ।” “एक्लै भएं सोच्नुभयो र ? एकछिन् त हो नी, अरु वेला त हामी छँदैछौं नि ।” जाबो यत्ति कुरामा पनि रुने हो त ? 

घरमा कोहि नभएको वेला एक्लो महसुस गरी दुइतिन पल्ट आफ्नि आमालाई रोएको देखेकिछ उस्ले । ऊ जान्ने भएदेखि आफ्नि आमालाई खुलेर हाँसेको खास देखेकि छैन । उनि सँधै मलिन देखिन्छिन् । हेर्दै गहिरो शोकमा परेजस्ति । गोरी छन्, झट्ट हेर्दा अनुहार उज्यालो पनि देखिन्छ तर चमक कत्ति देखिन्न । बोल्दा स्वर पनि धर्मराएजस्तो हुन्छ । आवाज मलिन निस्कन्छ । यी सबै कुराले पनि साँइलीले यस्तो सोचेकी हो । तर कुरो त अर्कै रहेछ । आमा विस्तारै बोल्न थालेपछि पो थाहा भयो त ।

दिउसो बाबु यसो घुम्न निस्केका रहेछन्  । घर आएछन् । खास आवत-जावत थिएन । धेरैपछि आएका रहेछन् । साँइलीकी आमासँग पानी मागेर खाएछन् । एकछिन बसेछन् । 'छेरीहरु कहाँ छन्' भनि सोधेछन् । उनलाई लोग्नेसँग उति बोल्न मन लागेनछ । सोधेको प्रश्नको जवाफ मात्र दिइछन् । पछि लोग्ने जान लागेको वेलामा भनिछन् “छेरीहरु ठूली भैसकेकी छन् । पढाउन पैसा चाहिन्छ । अलिकति भएको खान-लाउनमै ठिक्क हुन्छ । म त सक्दिन अब । म के एक्लै गरिसकु ? केही जग्गा मलाई पनि कमाई खान देऊ, अलिकति भएपनि सुविस्ता हुन्छ की ।” यति सुन्ने वित्तिकै उनि रिसले आगो भएछन् । बाघ गर्जेझैं गर्जिन लागेछन् । भनेछन् जे सुकै गर न मलाई के सुनाउछेस् ? छोरी तैंले जन्माएको हो केरे । खान-लाउन धौ भए के खान छोरीहरु पढाएकी छस् ? काम गर्न लगा न त । नसुनाएस मलाई यस्ता कुरा । बेस्सरी हप्काएर गएछन् । सुँकुसुँक गर्दै आँशु पुछ्दै, आफ्ना कुरा सकिन् । यहि भएर आमा रोएकी रहिछन् । साँइली रिसले चुर भई । 

दिदिबहिनीहरु सबै घर आइसकेका थिए । सहन नसकेर उनिहरुले बाबुसँग झगडा गरे । उनिहरु सबैले अंश चाहियो भने । कि हामीलाई पढाउनुपर्छ नभए हाम्रो भागको जग्गा हाम्रो नाममा गरिदिनुस । उनिहरु मतलव साँइलीका दिदिबहिनिहरु । बाबुले मरेकाटे दिन्न । जाऊ उजुर गर, अड्डा गराऊ । तिमीहरु कुर्लंदैमा केहि लछारपाटो लाग्दैन । उनि आवेशमा थिए । के बोलें भन्ने कुरा थाहा नै पाइरहेका थिएनन् । तिमीहरुको यो फतफतिले मेरा रौं हल्लिन्नन् । बड्ता हुन्छेउ राँडिहरु । बाबुसँग कान्छि आमा पनि थिइन् । उनले पनि सकेजति गाली गरिरहेकी थिइन् । साँइलीकी आमा अलि सोझि थिइन उस्तैगरी गाली फर्काउन सक्दिन थिइन् । बाबुले छोरीहरुसँग जिते । कान्छि आमाले आमासँग गालीमा जितिन् । एकछिन बढिको बोलाबोलपछि झगडा सकियो । 

साँइलीका दिदिबहिनिहरु सबै रिसले मुर्मुरीएका थिए । सबैले आवेश पोखिरहेका थिए । त्यतिवेला उनिहरुले बाबुलाई बाबु मानिरहेका थिएनन् । कान्छि  आमासँग कुनै साइनो छ भन्ने नै बिर्सीएका थिए । केवल रिस पोखिरहेका थिए । सम्यमता कत्ति थिएन । मुखमा जे आयो त्यहि शब्द पोखिन्थ्यो । अनि त्यहि गाली बनेर बाहिर फ्याकिन्थ्यो । हामीलाई राँडि भन्ने । राँडि त त्यसकि जोइ होली । इज्जत, लाज केहि नभएको । यस्ता पनि बाबु हुँदा हुन् । बाबु होइन, त्यो शत्रु हो शत्रु । यस्तै-यस्तै,,,,,,,,,,।

उनिहरु आफू-आफूमा पनि केही बोलिरहेका थिएनन् । खाना बनाउने वेला हुन्जेल सम्म पनि खाना बनाउने सुरसार गरेनन् । मुड अफ भयो । सबै उराठलाग्दा अनुहार लगाएर बसेका थिए । त्यहि वेला साँइली आमा आफ्ना बारेमा बोलिन । लोग्नेका बारेमा बोलिन् । “सानैमा बिहे भएको हो । धेरै थाहा पाउने भैसकेकी थिइन । बाबु आमाले बिहे गराइदिए । त्यतिवेला बाबु आमाको इच्छा नै सर्वथोग ठानिन्थ्यो । बिहेको निर्णय गर्दा म केही बोलिन । भनौ न मौन स्वीकृति नै भयो । बिहे गरेर यहाँ आँउदा घरको खुब याद आँउथ्यो । बा, आमा सम्झिन्थें । दाजु भाउजु सम्झिन्थें । दिदिहरुको माया लाग्थ्यो । गाउँका साथि संगि सबैको याद खुब आउथ्यो । एकमनले सोच्थ्यो यहाँ नबसौं । भागेर आफ्ना घर गैजाऊ । घरबाट बिदा गर्ने वेला आमाले माइतिको इज्जत राखेस, भनेको मान्नु, गरेको खानु भनेकी थिइन । त्यसैले भागि जान सकिन । काम पनि सिकेकी थिइन । विस्तारै शासुसँग काममा सँगै जाँदा सिकें । शासु ससुरा राम्रै थिए । पछि आफ्नै कालले वितेका हुन । तिमीहरुको बाबुसँग खुलेर कुरा गर्न सकिदैन थियो । घरकाले लोग्ने भनेको भगवान हुन्छ भनेका थिए । त्यसैले पनि झन् बढि डर लाग्थ्यो । सोझो आँखाले हेर्न सकिदैन थियो । पछि-पछि उस्ले नै कुरा गर्न थालेपछि खुलेर कुरा गर्ने भएं । डर हराउदै गयो । माया बड्न थाल्यो । नजिक हुन मन लाग्थ्यो । कँहि काममा गएको वेलापनि उसैकै याद आउन थाल्यो । विस्तारै मायाँ झन बड्यो । मेरो महिनावरी रोकियो । त्यसको दुई महिनापछि घरकाले थाहा पाए । सबै खुसि भए । नौ महिना लाग्दै गर्दा म सुत्केरी भएँ । ठूली जन्मि । त्यसवेला अहिलेको जस्तो घरमै बसाउदैन थिए । नचोखिउन्जेल म र ठूली गोठमै बस्यौं । सबैको चाहाना थियो छोरो भैदिएको भए भन्ने । छोरी भएपनि केहि छैन । पछि छोरो भैहाल्ला नि । त्यसको एक वर्षमै म फेरी दुई जिउकी भएं । माहिली जन्मि । साँइली तिर संकेत गर्दै भनिन् त्यसपछि तँ जन्मिएकी होस । तँ जन्मिदा छोरा हुन्छ कि भन्ने खुब आशा थियो, भएन । आश मरेको थिएन । छोराको आशले गर्दा नै तिमीहरु सबै जन्मेकी हौ । जन्माउन हतार परेको हो । त्यसैले तिमीहरुको उमेरमा खासै अन्तर छैन ।”

साँइलीका छ वटी दिदीबहिनीहरु छन् । “त्यसपछि उस्ले आश मारिसकेको थियो । अब मबाट छोरा जन्मिदैन भनेर ।” रिसैले हुनुपर्छ कुसुमकि आमाले आफ्नो लोग्नेलाई खास राम्रो सम्बोधन गरेकी थिइनन् । बोल्दै जान्छिन् । “कान्छि जन्मेपछि मसँग कुरा गर्न पनि छोड्यो । सुत्केरी हुँदापनि वास्ता भएन । दुई जीउकी हुँदा भने मायाँ गरेजस्तो गथ्र्यो । सायद छोरो जन्मिन्छ की भन्ने आश हुँदो हो । पछि रक्सि खान थाल्यो । निउ खोज्न थाल्यो । झगडा गर्न लाग्यो । भन्ने-नभन्ने भन्थ्यो । त्यतिवेला मेरो मुटुमा वाँण रोपिए झैं हुन्थ्यो । तिमीहरु आफै सोच त्यसवेला मेरो मन कस्तो हुन्थ्यो होला ? कति रात म आँसु बगाएर सुतें । कति रात त आँसु पिएर सुते । छ/छ छोरीहरु जन्मिदा नभएको पिडा मैले त्यतिवेला सहनुपर्यो । प्रसव पिडा बरु बिर्सिसकेकी भुलिसकेकी थिएं । तर त्यस्ले दिएको दुःख भुलिन । जीन्दगीका सारा दुःख एक ठाउँ र यो एकातिर राख्दा पनि यहि बढि हुन्छ । कहिले नविर्सने विन लगाएको छ मलाई ।” 

लामो स्वास तान्छिन् र फेरी बोल्छिन् “छोरीमात्र जन्माइ भनेर खेपेका पिडाहरुको कुनै लेखाजोखा नै भएन । यस्तो भैसकेको थियो पछि जस्तोसुकै विन, वचन र अपशब्द सबै सामान्य झैं लाग्थ्यो । पिडा त त्यतिवेला भयो जतिवेला छोरा नजन्माएको आरोपमा म माथि सौता हालियो । अर्कि ल्याएर बस्यो । 'अर्कि त्यतिकै ल्याएको होइन ।' ठाउँठाउँमा हाम्रोबारे कुरा चल्थ्यो । छोरा नभएको भन्थे । छोरा नभएपछि मरे बाटो पाइदैन भन्थे । किरिया बस्ने छोरो चाहिन्छ, भन्थे । चारधाम घुमाउने, तिर्थ लगेर अस्तु सेलाउने र वैतरणि नदि तराउन त छोरो हुनुपर्छ । छोरो नभए अरुले दिएको पिण्ड चल्दैन । गाउँलेहरु कुरा लगाएर थाकेनन् छोरीहरु त के हुन र ? अरुको घर जाने जात त भैहालयो नि । जन्मायो, पाल्यो, हुर्कायो, बढायो अर्काको घर जान्छन् । छोरो नभई हुँदैन । बरु अर्कि ल्याउनु पर्छ । उक्साउथे, छोरा हुनैपर्छ । अहिलेकि यसबाट छोरो जन्मिदैन । अब अर्कि ल्याउनु पर्छ । छोरो जन्माउनै पर्छ । ऊ झन् बढि रक्सि खान्थ्यो । साँझ राता रिसालु आँखा लगाएर आँउथ्यो । गालि गथ्र्यो, तथानाम भन्थ्यो । मलाई पिडा दिने एक मेरो लोग्नेमात्र होइन । म माथि सौता हाल्ने मेरो लोग्नेको एकल प्रयासमात्र पनि होइन । यो समाज हो । यहि समाजका मान्छेहरु हुन । अझ बढि पुरुष प्रदान समाज हो, सोंच हो, मानसिकता हो ।”

सबैखाले दिन काटियो । आज तिमीहरु छौ । तिमीहरुकै आशमा दिन कटाइरहेकी छु । मान्छेको जीन्दगी हो जसो तसो दिन त कटिजाँदा रहेछन् । बुढापाकाले भन्थे ‘मान्छेको चोला हो दुःख, सुख सबै भोगिन्छ ।’ तर खोई मेरो भागमा सुख कहिले परेन त ???” 

उनि गहिरो निन्द्राबाट बिउझि झैं हाँई निकाल्छिन् ।

दिनहरु बित्दै गए । साँइलीका दिदि बहिनीहरु हुर्के । जेठि दिदिको बिहे भयो । पछि माहिलीको पनि बिहे भयो । बिहे गर्दा बाबु पनि आए । तर बाबुसँगको सम्बन्ध गतिलो थिएन । घोचपेच भैरहन्थ्यो । बाबुसँग भन्दापनि कान्छि आमासँगको झगडा बडि खतरनाक हुन्थ्यो । कहिलेकाँहि बाबु नभएको वेला कान्छि आमासँग भनाभन भएमा त्यो झगडा त्यसै सकिदैन थियो । कान्छि आमाले तथानाम कुरा लगाउथिन पछि बाबुले बेस्सरी भन्थे, भन्नु भन्थे ।

बाबुबाट उनिहरुले अंश पाएका थिएनन् । त्यसैका लागि कति पटक झगडा भैसकेको थियो । सके आफ्नो नाममा गर्ने नसके आफ्नो भाग आफैले कमाएर खाने भन्ने हो । प्रयास सफल भएको थिएन । त्यसैले वेलावेलामा बाबुसँग ठासठूस परिरहन्थ्यो । लामो समयको संघर्ष पछि बाबुले जग्गा उनिहरुको नाममा त गरिदिएनन् तर राम्रो-राम्रो जग्गा आफूले जोतिसकेपछि केहि जग्गा उनिहरुलाई छोडिदिए । उनिहरु पूर्ण रुपमा सफल नभएपनि आंशिक रुपमा प्राप्त उपलव्धि प्रति खास असन्तुष्ट पनि थिएनन् । मरेकाटे जग्गा दिन्न भन्ने बाबुलाई भने घुँडा टेकाएरै छोडेका थिए । यस मानेमा उनिहरु सफल भए । जे होस एक खालको संघर्षमा उनिहरुको जित भयो भन्दापनि हुन्छ । त्यो जग्गा छोड्नेवेला उनले यसो भने र अन्तिम रिस पोखे “जग्गा त पायौ । हेरौंला म पनि कसरी कमाई खादा रहेछौं ?” उनले यसरी बोल्नुको अभिप्राय एउटै थियो । जोतिदीन्छ कस्ले ? गोरु कस्का चलाउदा रहेछन् ? उनले अर्को कुरा पनि थपे “यो जग्गामा कस्ले पाइलो टेक्दो रहेछ त्यो पनि हेरौंला ? खुट्टा काटिदिन्छु ।”

यो सब उनले गाँउलेलाई सुन्नेगरी भनेका थिए । नसुनेकाले सुनेकाहरु मार्फत चलेको हल्लाबाट थाहा पाए । उनीहरुले आफूले खनजोत गर्ने र त्यसबाट प्राप्त हुने बाली आफ्नो हुनेगरी मात्र जग्गा पाएका थिए । उनिहरुको नाममा भैसकेको थिएन । तैपनि छाक टर्ने थियो । गुजारा चल्ने थियो । आशा पलाएको थियो । मन फुलेको थियो । भित्रि हर्शले सगरमाथा चुमेको थियो । तर त्यसबाट अन्न उत्पादनको लागि त जोत्नुपर्छ । हलो-जुवा चाहिन्छ । गोरु चाहिन्छ । जोत्ने मान्छे लोग्ने हुनुपर्छ । यो सब कुसुमको शत प्रतिशत महिला परिवारले काहाँबाट जुटाउने ? 

हिक्मत बटुलेर जग्गा कमाइ खाने तयारी गर्छन् । काम गरिदिने शर्तमा गोरु खोज्छन् (पैंचोमा) । हलोजुवा मिलाउछन् । तर जोतिदिने पुरुष पाउदैनन् । जोत्नलाई कोही पुरुष तयार भइदिदैनन् । साँइलीका बाबुको धम्किबाट डराए सबै । उनका अगाडी कसैको सिप चलेन, उनको नाममा भएको जग्गामा पाइलो टेक्न । निकै आग्रह गर्दा, अनुरोध गर्दा, रोई कराई गर्दा, हात जोड्दा पनि कोहि आँटिलो हिक्मतवाला पुरुष भेटिएन । सबै डराए, सबका सब डरपोख देखिए, काएर भेटिए । 

साँइलीलाई कायरहरुसँगको रोइ-कराइ, अनुनय विनय, हात जोडाई सब बेकार लाग्न थालिसकेको थियो । ऊ पल-पल कठोर बन्दै गैरहेकी हुन्छ । उस्को मनमा आक्रोसको ज्वाला दन्किरहेको हुन्छ । कायर पुरुषहरुका लागि उस्को हृदयमा घृणा बाहेक केही बाँकी रहँदैन । त्यसकारण उस्ले निर्णय गरी । एउटा काठोर निर्णय । समाजको विपरित निर्णय । ऊ बगिरहेको नदिको धारलाई छिचोल्दै उल्टो वहन थाली । पुरुषप्रधान समाजलाई चुनौति दिदै । मनमनै निष्कर्ष निकाली अब म जोत्छु, हलो र प्रश्न गरी के हलो जोत्ने काम पुरुषहरुको वृर्ता हो ?  

उस्ले हलोजुवा काँधमा राखि । गोरु अगाडि लागाई । बहिनीहरुले बिउ बोके । खेतमा पुगी र सुरु गरी हलो जोत्न । त्यहि दिनबाट उस्ले हलो जोत्न सुरु गरी । पहिलो पटक हलो जोत्दै गर्दा उस्का आँखाबाट आँसु खस्छन् । ती आँसु हर्षका थिए या दुःखका उस्लाई थाहा भएन । केवल आँसु बगिरहयो । ऊ जोत्दै जान्छे, हलोको प्रत्येक सिया-सियामा उस्का आँसु खस्छन् । उस्तो लाग्थ्यो पुरै भूमी साँइलीको आँसुले सिंचित भैरहेको छ । त्यसदिन साँइलीकी आमाले पनि बगाइन्- आँशुका बलिन्द्र धारा । 

पछि ऊ अलि फरक स्वभावकि भई । पहिला भन्दा आफू अझ बडि सक्रिय भई । ऊ हरेक कुरामा पुरुष र महिला भनेर भेद छुट्याउनेहरुको विरोध गर्थि । हरेक ठाउँमा आलोचनात्मक ढंगबाट प्रस्तुत हुन्थि । कारण खोज्थि, प्रमाण माग्थि । उस्ले आफू महिनावरी हुँदा गोठमा बस्न छोडी र आफ्ना बहिनीहरुलाई पनि गोठमा बस्न छुटाई दिई । उस्को समाजसँग सबैभन्दा ठूलो प्रश्न थियो 'के छोरा वा छोरी हुनुमा महिलाहरुमात्र दोषि हुन्छन् ?' यसैबिच गाउँकी हजुरआमा वित्दा ऊ मलाम गई । पुरुषहरु सरहको काममा सहभागिता जनाई । यसरी बदलिएकी हो ऊ । त्यसपछि फेरीएको हो साँइलीको दैनिकी ।

साँइली ? ए…. साँइली ??  उठेकी छैनस ??? उठ अबेर भो । ढोकामा ढकढकसँगै उस्कि आमाको आवाज आँउछ ।

मितिः २०७३ मंसिर ३ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ