Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

२०७९, ६ चैत्र सोमबार ०९:०७

चैत ६, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । 

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी गराउनुभयो । 

नेपाल र बेलायतबीच शान्ति तथा मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्का सभामुखलाई प्रमुख अतिथिका रुपमा नेपालमा स्वागत गर्न चाहेकोसमेत उहाँले बताउनुभयो । उक्त भेटका क्रममा सांसद शर्माले बेलायतबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी गराउनुभयो ।  

साथै बेलायतलगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागिसमेत राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो । उहाँले बेलायत सरकारले ब्रिटिस गोर्खाली सेनाका विषय, पर्यटन प्रवद्र्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थालगायतका विषयमा सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशका सांसदबीच संसदीय अभ्यासको आदानप्रदानका बारेमा समेत छलफल भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो