Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
May 17, 2023 प्रवास

जापानमा बस दुर्घटनामा परि दुई जना नेपाली विद्यार्थीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३, काठमाडौँ | जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा एक जापानी महिला र दुई नेपाली पुरुष तीनजना रहेको जापानी मिडियाले जनाएका छन्   ।

दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।

यी दुई विधार्थी सेन्मोन गाक्कोउ तथा निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी मिडियाले जनाएका छन् ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको जापानी मिडियाले जनाए |

उक्त बसमा नेपाल र बंगलादेशका करिब ४० विदेशी विद्यार्थी सवार थिए ।