जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा मृत फेला

साझासवाल
1 Min Read

असार ६, एजेन्सी | जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा कोठामा मृत फेला परेका छन् ।

जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए।

एनआरएनए जापानका अनुसार उनले सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो। सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको निउरेले बताए |

उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिएका छन्। शव सडेगलेको अवस्थामा रहेकाले जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए।

Share This Article
Leave a Comment

Leave a Reply