Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 30, 2023 प्रवास

गैर आवासिय नेपाली संघको मध्यपूर्व क्षेत्रीय सम्मेलन जारी (फोटो फिचर)

By साझासवाल 13 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

असार १५, मस्कट । ओमानको राजधानी मस्कटमा आयोजित गैर आवासिय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारमा आउने लाखौँ श्रमिकका समस्या, समाधान र लगानीको सम्बन्धमा बृहत छलफल भएको छ । बिहिबार क्षेत्रीय सम्मेलन अन्तर्गत बिबिध ४ सेसनमा कार्यक्रममा प्यानल छलफल गरिएको छ ।

‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन आयोजना भइरहेको छ । बुधबारबाट सुरु भएको सम्मेलनको दोश्रो दिन प्यानल छलफल गरिएको हो । उक्त प्यानल छलफलमा मध्यपूर्वका सबै एनसीसीले आ–आफ्ना क्षेत्रका श्रमिकका समस्या र समाधानबारे सम्बन्धित मन्त्री र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । वैदेशिक रोजगारमा आउने क्रमदेखि नेपाल फर्किएपछिको बिषयलाई समेटेर प्यानलमा महत्वपूर्ण विषयहरुको उठान तथा त्यस सम्बन्धमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै आएका अधिकारीहरु तथा मन्त्री तथा पुर्वमन्त्रीहरुसँग छलफल भएको हो । प्यानल छलफलमा आफ्नो देशमा रोजगारको सृजना नभएपछि बाध्य भई विदेश आउने नेपाली श्रमिकहरुले नेपाल सरकारको नीतिगत प्रक्रिया र बिबिध समस्याको कारण भोग्नु परेको पीडा, त्यसको समाधानमा गैर आवासिय नेपालीहरुले खेलेको भूमिका तथा नेपाल सरकारको जिम्मेवारीको विषयलाई गहन रुपमा उठाइएको छ । प्यानल छलफलमा सम्मेलनमा सहभागीहरुले समेत आफ्ना जिज्ञाशा, सुझाव तथा प्रश्नहरु राखेका थिए ।

सम्मेलनमा भिजिट भिसा तथा अन्य तरिकाले आई विदेशमा काम गरिरहेका नेपालीहरुप्रति राज्यले खेल्नुपर्ने भूमिका र राज्यप्रति विदेशिने श्रमिकहरुले गरिरहेको योगदानको सम्बन्धमा समेत छलफल गरिएको छ । सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्ने बताए् । कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता गर्नुपर्ने बताए । ‘दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता हुनुपर्छ । अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ’, उनले भने, ‘वैदेशिक रोजगार विभागमा २० हजार ठगी मुद्दा छन् । ठगीको विकराल समस्या छ । समाधान गर्न टास्क फोर्स बनाइएको छ ।’

यस्तै पूर्व श्रममन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट व्यवहारिक नभएको बताएका हुन् । उनले भने, ’फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन । श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।’ नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेका मन्त्रीले यस विषयमा ध्यान दिनुपर्ने पनि बताए ।

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेको सम्मेलनमा मुख्यतया मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल भइरहेको छ ।

यसका साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनुपरेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत छ ।

सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं संघिय संसदका माननीय सांसद रघुवीर महासेठ, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ लगायतको उपस्थिति रहेको छ यस्तै, नेपाली दुतावास, बहराईनका महामहिम राजदुत श्री तिर्थ राज वाग्ले, नेपाली दुतावास, साउदी अरबका महामहिम राजदुत श्री नवराज सुवेदी, नेपाली दुतावास, कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल, नेपाली दुतावास, ओमनका महामहिम राजदुत श्री डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा रहेको छ । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।