Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

युएईमा एनआरएनएको सक्रिय गतिबिधि

२०८०, १८ असार सोमबार ०७:०७

असार १८, मस्कट । गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले क्यालेन्डर अनुसार काम गर्न सकेको र लामो समयदेखि छुट्टाछुट्टै अस्तित्वमा रहेको नेपाल एसोसिएसन (एनए) र गैर आवासीय नेपाली सघ (एनआरएनए) लाई एकता गर्न सकेको कारण आफ्नो कार्यकालमा नमुना काम गरेको बताएका छन् । 

युएईमा स्थानीय कानुन बमोजिम दर्ता भएर सक्रिय रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) मा आएको केही प्राविधिक समस्याका कारण समानान्तर रुपमा नेपाल एसोसिएसन (एनए) जन्मिएको थियो । ओमनको मस्कटमा आयोजित आठौं एनआरएनए मध्यपुर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ढुंगानाले लामो समयदेखि छुट्टाछुट्टै अस्तित्वमा रहेको नेपाल एसोसिएसन (एन ए) र गैर आवासीय नेपाली सघ (एनआरएनए) लाई एकता गर्न सक्नु आफ्नो कार्यकालको ऐतिहासिक सफलता भएको बताए । 


ढुंगानाका अनुसार उस्तै प्रकृतिका दुई नेपाली संस्था हुनुले नेपाली समुदायमा भ्रम र समस्या सिर्जना भएको थियो । अध्यक्ष ढुंगानाले अथक मेहनत गरेर दुई संस्थाबिच अभुतपूर्व एकता गर्न सफल भएकोमा खुसि प्रकट गरे । दुई संस्था बिचको एकतापछी युएईमा रहेका नेपाली समुदायमा नयाँ एकता, सद्भाव र सहकार्यको रक्तसंचार भएको उहाको भनाई छ । युएईमा रहेका संघ/संस्था र सबैको योगदान र सहभागिताको साथ सर्वस्वीकार्य अध्यक्ष भएकोले बिना भेदभाव विभिन्न सहमति असहमतिका बिच छलफल र समन्वय गर्दै आफ्नो कार्यकाल सफल भएको ढुंगानाले दावी गरे ।

अध्यक्ष ढुंगानाका अनुसार कोभिड महामारीको अप्रत्याशित प्रभाव भएको अवस्थामा युएईमा कार्यरत हजारौ नेपालीहरु गम्भीर विरामी परेको, कम्पनी बन्द भएर बेरोजगार रहेको, हवाई यातायात अवरूद्ध भएर नेपाल जान नपाएको अवस्थामा सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गरि उद्धार, राहत र पुनस्थापनाको काम गरेको जानकारी दिए । यस्तै नेपाली चलचित्रलाई विश्व बजारमा पुराउने उद्देश्यका साथ विश्वकै पर्यटकीय गन्तव्य तथा ट्रान्जिट रहेको युएईमा चलचित्र विकास बोर्डसङ्गको समन्वयमा फिल्म फेस्टिभल सम्पन्न गरेको पनि उनले बताए ।

ढुंगानाले मध्यपुर्वमा रोजगारी, पेशा व्यवसाय गरिरहेका लाखौ नेपालीहरुको हितमा सरकारलाई पहल कदमी बढाउन सरकारी पक्षसँग अध्यक्ष ढुंगानाको आग्रह छ । उनले अरबका नेपालीहरुको रेमिटान्सले नेपालको अर्थतन्त्र धानेको बताउँदै बैदेशिक रोजगारमा आएका युवाहरुको पारिश्रमिक निर्धारण गर्न, सामाजिक सुरक्षा, श्रम, बिमा, पासपोर्ट नविकरण लगायतका बिषयमा सरकारले सहजीकरण गर्दै गम्भीरतापूर्वक ध्यान दिनु अनुरोध गरे । उनले भने 'समयमै राजदुतावासहरुमा राजदूतहरुको नियुक्ति, प्रवासमा रहेका नेपालीहरुलाई नेपाल फर्कैपछि राज्यको तर्फवाट प्रदान गर्नुपर्ने सुविधा तथा अवसरका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'

अध्यक्ष ढुंगानाले प्रवासमा रहेका नेपालीहरुको हितको लागि नेपाल सरकार र नेपाली राजदुतावासहरुबाट गरिने सबै गतिविधि एनआएएनए मार्फत गर्न पनि ढुंगानाले आग्रह गरे । ढुंगानाले नयाँ नेतृत्व चयनको लागि आईसिसिको विधान, केन्द्रीय सचिवालयवाट प्राप्त निर्वाचन सम्बन्धि सर्कुलर, एनआरएनए एनसीसी युएईको विधान र युएईको स्थानीय निकायको ऐन कानुनले तोकेका सीमा भित्र रही सबै परिस्थितिलाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न गर्न एनआरएनए एनसीसी युएईका पुर्व अध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको पनि जानकारी दिए । नयाँ सदस्यता विस्तार अभियान भव्यताका साथ सम्पन्न भएको दावी गर्दै ढुंगानाले युएईमा मात्र करिब ६ हजार सदस्य बनाउन सफल भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश