साउन २, दोहा । कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो ।

गत शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा अन्य दुई नेपाली डुबेर सिकिस्त बिरामी भएका थिए । उनीहरूलाई सँगै गएका साथीहरूले उद्धार गरेका थिए । बिरामीको उपचार भइरहेको नेपाली दूतावास श्रोतले जनाएको छ ।

समुन्द्रमा पौडी खेल्ने क्रममा पानीको छालले तानेर मृतक र अन्य दुई जनालाई निक्कै टाढा पुर्याएको थियो ।

दूतावासका अनुसार मृतकबारे दूतावासलाई जानकारी आएको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै नेपाल पठाउने तयारी थालिसकेको छ ।