एनआरएनए मलेसियाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ (बिजयीहरु नामावली सहित)

साझासवाल
2 Min Read

साउन १५, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ। आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन । एनआरएनए मलेसियाको नेतृत्वमा फेरि विनोद थापा दोहोरिएका छन ।

अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध चयन गरिएको न्यौपानेले जानकारी गराए। अध्यक्ष पदमै उम्मेदवारी दिएका राकेश महतोले अन्तिम समयमा थापालाई सहमतिमा समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन ।

थापा र महतोबीच एक-एक वर्ष कार्यकाल बाँड्ने आन्तरिक सहमति छ। सोही सहमतिअनुसार महतोले अहिले अध्यक्षबाट पछि हटेर थापालाई समर्थन गरेका हुन्। महतोलाई अहिले प्रथम उपाध्यक्षको जिम्मेवारी दिइएको छ। मलेसियाबाट आइसीसी सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल,मिरा पुरी गिरीलाई पठाइएको छ ।

यसैगरी, उपाध्यक्षहरुमा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ चयन भएका छन्। युवा उपाध्यक्षको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ भने लिला मगरलाई महिला उपाध्यक्ष बनाइएको छ।

महासचिव टेक बहादुर अधिकारी चयन भएका छन्। यस्तै, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल चुनिएका छन । त्यस्तै, कोषाध्यक्षमा बाल ध्वज लिम्बू, सहकोषाध्यक्षमा विमल राना, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली (हरी), खेम राज खत्री र विजय मण्डल निर्वाचित भएका छन्।

महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज अधिकारी र एनआरएनए पदाधिकारीले गरेका थिए । महाधिवेशनमा उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी,सचिव खगेन्द्र न्यौपाने,सचिव प्रविन गुरुङ,एशिया प्याशिफिक डिआरसी हरि भट्टराई,एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,इमेज टेलिभिजनका वरिस्ठ पत्रकार जगदीश खरेल,रोजगार मिडियाका सम्पादक ऊद्दव भट्टराई,प्रवासखवरका बिनेश खनाल,चर्चित गायक आनन्द कार्की,कलाकारहरु सोभा त्रिपाठी,एलिना रायमाझी,नम्रतालगायतको आतिथ्यता रहेको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply